• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ६. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ७. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ८. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ९. ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • १०. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

मन्त्रालयको ओएनएम तीव्र, नौ हजार पद अभिलेखीकरण

  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

काठमाडौँ,भदौ १ गते । सङ्घीय मन्त्रालयहरूले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने क्रमलाई तीव्रता दिएसँगै अहिलेसम्म तेह्र वटा मन्त्रालयका नौ हजारभन्दा बढी विभिन्न तह र पदका कर्मचारीको दरबन्दी राष्ट्रिय किताबखानामा अभिलेखीकरण भएका छन् । निजामती कर्मचारीको दरबन्दी चुुस्त र प्रविधिमैत्री बनाई अत्यावश्यक सेवाका लागि मात्र सीमित दरबन्दी कायम गर्ने उद्देश्यले मन्त्रालयकोे सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने क्रममा अहिलेसम्म १३ वटा मन्त्रालयको ओएनएम सम्पन्न भएको हो ।

उक्त ओएनएममा सचिवदेखि कार्यालय सहयोगीसम्मका पद गरी कुुल नौ हजार ६०७ जनाको दरबन्दी राष्ट्रिय किताबखानामा दर्ता भई अभिलेखीकरण भएका हुन् ।

गत असार मसान्तमा सरकारले प्रधानमन्त्री कार्यालयसहित सबै मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो । किताबखानाका निर्देशक सुदन ख्वाखली श्रेष्ठका अनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, विज्ञान प्रविधि तथा नवप्रवर्तन, रक्षा, सूचना तथा सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला र शिक्षा तथा खेलकुद मन्त्रालयले ओएनएम सम्पन्न गरी किताबखानामा दर्ता गरिसकेका हुन् ।

त्यस्तै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्यक र सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन, युवा, श्रम तथा रोजगार र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ओएनएम सम्पन्न गरी दरबन्दी कटौती गरेका छन् । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ, गृह र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ओएनएम गरी सोको विवरण किताबखानामा दर्ता गराएका छन् । ओएनएम गर्न बाँकी मन्त्रालयमा पूर्वाधार विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, परराष्ट्र र अर्थ मन्त्रालय रहेको किताबखानाले जनाएको छ ।

निर्देशक श्रेष्ठले भन्नुुभयो, “सबै मन्त्रालयको ओएनएम नगरी कर्मचारीका कुुन कुुन पदका कति दरबन्दी कटौती हुुन्छन्, अहिल्यै एकिन गरेर भन्न सकिँदैन । विगतको तुलनामा थोरै सङ्ख्यामा कर्मचारीको दबरन्दी कटौती हुुन सक्छन् । प्रारम्भिक अवस्था हेर्दा कुुनै मन्त्रालयमा दरबन्दी घटेको त कुुनैमा बढेको देखिएको छ ।”

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले केही प्राविधिक विषय मिलाउन बाँकी भएकाले मन्त्रालयको ओएनएम सम्पन्न गर्न ढिलाइ भएको बताउनुभयो । “अधिकांश विषय मिलिसके अब छिट्टै ओएनएमको प्रतिवेदन किताबखानामा दर्ता हुन्छ,” उहाँले थप्नुभयो । सरकारले सुशासन कायम गर्न साबिकका २१ मन्त्रालयको सङ्ख्या घटाई १८ कायम गरेको छ ।

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत,

  • ६.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.