• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ८. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ९. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • १०. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

  •   बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

महोत्तरी, भदौ १८ गते । बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उहाँ मोबाइलमा आँखा डुलाइ रहनुहुन्छ । एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कसैका आँखा ओभाएका छन् ।

अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन हुनुभएको छ । “बाबुले मामु ठिकै छु भनेर फोन गरी हाल्छ कि भन्ने लाग्छ, एकछिन यो मोबाइल छाडेकी छैन,” सरिता भन्नुहुन्छ, “अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झन सक्दिनँ ।”

यही भदौ १० गते नै पनि बिहान छोरासँग कुरा भएको सम्झँदै सरिता भन्नुहुन्छ, “बाढीको खबर आउन थालेपछि सम्पर्क गर्न चाह्यौँ ।  त्यो दिन बिहान ९ बजेपछि बाबुसँग सम्पर्क हुन सकेको छैन ।” सौभाग्यको खोजीमा बुबा धु्रव बिष्ट र मावलीघरका आफन्त यतिबेला रसुवा पुग्नुभएको सरिताले बताउनुभयो ।

“एकचोटि त भन्दियोस्, मामु म फसेको थिएँ, अब निस्केँ,” उहाँ भन्नुहुन्छ, “सौभाग्यको यति वचन सुन्ने अभिलाषाले एक छिन मोबाइल छाडेकी छैन ।” सामान्य आर्थिक अवस्थाको बिष्ट परिवार मेकानिकल इञ्जिनियर रहेका छोरा सौभाग्यकै आर्जनको भरमा चलेको थियो ।

यसैगरी, बर्दिबास–९ पशुपतिनगरको गोमस्ता टोलका खिलबहादुर राना मगरको परिवारमा पनि अहिले घरको चुल्हो नबलेको एक साता नाघ्यो ।

अपर त्रिशुली–१ जलविद्युत् आयोजनामै कार्यरत् छोरी जोया रानासँग भदौ १० बिहान ९ बजेयता सम्पर्क हुन नसकेपछि यो परिवारमा सन्नाटा छाएको छ । “सन्तानका नाउँमा तीनवटी छोरी छन्, अलि लेखपढ भएकी हुँदा जोयाकै भरमा परिवार चलेको छ,” पिता खिलबहादुर राना भन्नुहुन्छ, “जो माथि जिन्दगी सुम्पन्न खोज्थे, उही सम्पर्कविहीन भएकी छ । आफैँले हेलिकप्टर भाडामा लिएर कैयन फेरा रसुवा र नवुाकोटका त्रिशूली किनामा चक्कर लगाए पनि छोरीको अहिलेसम्म अत्तोपत्तो नपाएको खिलबहादुर बलिन्द्र आँसु काढ्दै बताउनुहुन्छ ।

यसैगरी, मटिहानी–७ का ४० वर्षीय गङ्गाराम मण्डलको घरमा आमा, पत्नी र चार छोराछोरी उहाँको एक वचनको पर्खाइमा छन् । “भदौ ९ गते ‘म गोसाइँकुण्ड जाँदैछु’ भनेर फोन गर्नुभएको थियो,” पत्नी गुञ्जा मण्डल भक्कानिँदै भन्नुहुन्छ, “त्यसपछि उहाँसँग सम्पर्क भएको छैन ।”

आमा र चार छोराछोरी निरन्तर उहाँलाई सम्झिरहेका बेला आफू आँसु झार्न पनि नसकेको गुञ्जाको बिलौना छ । काठमाडौँस्थित रिचा टुर्स कम्पनीमा भान्सेको काममा रहनुभएका मण्डल यही भदौ ९ गते कम्पनीका पाहुनासँगै रसुवा जानुभएको थियो । परिवारको एउटै सहारा गङ्गाराम सम्पर्कविहीन हुनुभएपछि निकै छट्पटी बढेको छ ।

यस्तै, जलेश्वर–७ का हशन अन्सारी पनि भदौ १० गते बिहान ९ बजेपछि सम्पर्कविहीन हुनुहुन्छ । केही दिन पहिलेमात्र रसुवाको एक जलविद्युत् आयोजनामा मेकानिकको काम गर्ने अन्सारीले अन्तिमपटक यही भदौ ९ गते आमा मुलिमा खातुनलाइ फोन गर्नुभएको थियो ।

केही दिनभित्रै एक साताको बिदामा घर आउने बताउनुभएको पिता माजिद अन्सारी सम्झनुहुन्छ । “दिनदिनै घरमा फोन गथ्र्यो, भदौ १० पछि पनि फोन आउने प्रतीक्षामा छौँ,” पिता माजिद भन्नुहुन्छ, “यही भदौ १० यता घरमा चुल्हो बलेको छैन, आफन्त जो आउँछन् घरमा सबै आँखा टिलपिलाएका छन् ।” कसैले हशनबारे राम्रो समाचार सुनाउला कि पर्खाइ मात्रै बाँकी रहेको माजिद बताउनुहुन्छ ।

भोटेकोशी बाढीयता रसुवा र नुवाकोटमा सम्पर्कमा आएका १८ जनालाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित तवरले पारिवारिक सम्पर्कमा पठाइसकेको छ । त्यसबाहेक सम्पर्कविहीन भएका १९ जनामध्ये छ जना पारिवारिक सम्पर्कमा आइसक्नु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । “अब महोत्तरीका १३ जना सम्पर्कविहीन हुनुहुन्छ, उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ,” प्रजिअ यादवले भन्नुभयो, “विश्वास गरौँ, सबै सकुशल भेटिनुहोस् ।”

बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित
पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • २.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ३.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ४.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ५.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • ६.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ७.
    एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा एभेन्जर्स लगातार दोस्रो हारसँगै दबाबमा

  • ८.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.