• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ८. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ९. आज कार्तिक १० गते मङ्गलबारको तपाइको राशिफल

  • १०. मनास्लुको स्याउ गोदाममै थन्कियो

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

  •   शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

काठमाडौँ, भदौ २० गते । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय विद्युत केन्द्र तथा घरमा फसेका व्यक्तिको जीवितै उद्धार सम्भव भएको छ । प्रलयकारी विपदको यस दुःखद घडीमा अर्थहीन सल्लाह दिने, नकारात्मक टीकाटिप्पणी गर्ने र विशेष गरी सरकारले केही गरेन भन्ने भाष्य निर्माण गर्ने प्रवृत्ति बढिरहको अवस्थामा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त प्रयासबाट पछिल्लो दुई दिनमा चार जनाको जीवितै उद्धार गरिएको हो ।

नेपाली सेनाको नेतृत्वमा शुक्रबार माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत केन्द्रको दुई जना कर्मचारी र आज एक चिनियाँ नागरिक तथा सशस्त्र प्रहरी वल तथा नेपाल प्रहरीको प्रयासबाट नुवाकोट विदुरमा एक जना महिलाको जीवितै उद्धार सम्भव भएसँगै सुरक्षाकर्मीको मेहनत र बहादुरीको सर्वत्र प्रशंसा गरिएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० गते गएको अकल्पनीय एवं विनाशकारी बाढीले जनधनको अपुरणीय क्षति पुर्याएको विषय परिस्थितिका बाबजुद अविचलित भई उद्धारमा खटिएका नेपाली सेनाको विशेष टोली र सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले उच्च मनोबलका साथ निर्वाह गरेको उदाहरणीय भूमिकाको स्वदेश तथा विदेशबाट प्रशंसा भइरहेको सामाजिक सञ्जालमा देखिन्छ ।

रसुवा बाढीपछि उद्धार टोलीको नेतृत्व गरिरहनुभएका नेपाली सेनाका प्रमुख सेनानी गङ्गा बरालले माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत केन्द्रको सुरुङमा खटिएको उद्धार टोली करिब ११ घण्टाको निरन्तर प्रयासपछि शुक्रबार बिहान दुई जना प्राविधिक कर्मचारीको जीवितै उद्धार गर्न सफल भएको भनी दिनुभएको जानकारीबाट आशा र विश्वास जगाउन तथा क्षमता झल्काउन सफल भएको थियो । सेना नेतृत्वको टोलीले सो जलविद्युत केन्द्रमा कार्यरत प्राविधिक सञ्जय साहको बिहान करिब ९ः३५ बजे र कवीरजङ्ग महर्जनको १०ः०५ बजे जीवितै उद्धार गरेको थियो ।

नेपाली सेनाको ‘स्पेसल फोर्स’ विपद व्यवस्थापन खोज तथा उद्धार टोली, प्राविधिक इञ्जिनियर, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी, जलविद्युत आयोजनाका विज्ञ तथा भौगर्भिक इन्जिनियरसहितको संयुक्त टोली उद्धारमा खटिएका थिए । नेपाली सेना नेतृत्वको टोलीले आज दिउँसो एक चिनियाँ नागरिक र सशस्त्र प्रहरी बलको नेतृत्वमा नुवाकोट विदुरकी चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरी अर्काे चमत्कार रच्न सफल भएको छ ।

जीवितै उद्धार हुने क्रम अझै बढोस् र धेरैको घर परिवारमा खुसी छाओस् भन्ने कामना गरेको पनि त्यत्तिकै देखिन्छ । हिमपहिरोसँगै ल्हेन्दे खोलामा यही भदौ १० गते गएको बाढी भोटेकोशी नदीमा मिसिएपछि आसपासमा रहेका व्यक्तिका घर तथा कार्यालय भवन, विद्युत केन्द्र, सडक तथा पुल, जग्गा जमिनलगायत मानवीय तथा भौतिक क्षति भएको थियो । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति पुर्याएको तथा धादिङ र चितवनमा सडक तथा पुल बगाएसँगै यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ ।

 

त्यस्तै, जलविद्युत आयोजनासहित अन्यत्र काम गरिरहेका स्वदेश तथा विदेशका कैयौँ व्यक्ति सम्पर्कविहीन भएका अवस्थामा नेपाली सेना नेतृत्वको उद्धार टोली अहोरात्र खटिरहेको छ । खोज तथा उद्धारका क्रममा जङ्गी अड्डाबाट प्राप्त हुने निर्देशन, विद्युत आयोजनाका कर्मचारी एवं विज्ञबाट प्राप्त हुने सुझावलाई आत्मसात गर्दै उद्धार टोलीमा संलग्न सुरक्षा फौजलाई उत्साहित बनाई लक्ष्य प्राप्तिका लागि अहोरात्र खटिएको टोलीको नेतृत्व कर्ता प्रमुख सेनानी बरालले बताउनुभयो ।

उहाँका अनुसार खाना खाएर बिहीबार साँझ ६ः०० बजेदेखि त्रिशूली जलविद्युत आयोजनाभित्र फसेका व्यक्तिको उद्धार कार्य सुरु भई करिब ११ घण्टाको निरन्तर प्रयासपछि दुई जना कर्मचारीलाई जीवितै उद्धार गर्न सफल भएको हो । प्रमुख सेनानी बरालले भन्नुभयो, “दृढ इच्छाशक्ति र स्वच्छ भावनाका साथ काम गर्ने हो भने जस्तोसुकै विषम परिस्थितिमा पनि कठिनभन्दा कठिन काम गर्न हामी नेपाली सक्षम छौँ । अहिलेको अकल्पनीय रसुवा बाढीमा पनि खटिएर त्यो प्रमाणित गर्न सफल भएका छौँ ।”

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रलयकारी एवं महाविपत्को यस दुःखद घडीमा नेपाल सरकारको निर्देशनमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकोसमेत सहयोग, सहकार्य र समन्वय खोज तथा उद्धारको काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “युद्धस्तरमा बाढी प्रभावित क्षेत्रमा खटिएको विशेष उद्धार टोलीले दिनरात नभनी काम गरेर मुलुकको फौजी संरचनासहित नेपाल र नेपालीको प्रतिष्ठा बढाउन सफल भएको छ, यसरी खटिने सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न हामी सबैको कर्तव्य हो ।”

शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित
पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन
एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा एभेन्जर्स लगातार दोस्रो हारसँगै दबाबमा
आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • २.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ३.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • ४.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ५.
    एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा एभेन्जर्स लगातार दोस्रो हारसँगै दबाबमा

  • ६.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ७.
    सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा

  • ८.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.