साउन १८ , चितवन। मंगलबार रातिदेखि पुनः बन्द भएको नारायणगढ-मुग्लिन सडक दुवैतर्फ सञ्चालनमा आएको छ।भरतपुर महानगरपालिका वडा नं २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोला पुलनजिकै) ठूलो पहिरो झरेपछि केही दिनयता यो सडक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ।
मंगलबार राति करिब १० बजेको समयमा खुलेको बाटो पुनः पहिरो झरेपछि बिहान २ः३० बजेदेखि अवरुद्ध बनेको थियो।करिब सवा ९ बजेपछि सडक खुलेको चितवन प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया


