भाद्र ३ , काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयक नेपाल र नेपालीको हितमा रहेको भन्दै यसको विरोध गर्नुपर्ने अवस्था नरहेको बताउनु भएको छब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री खाँडले नेपाली नागरिक भएर पनि अनागरिक बन्ने अवस्था आउन नदिन विधेयक ल्याइएको स्ष्ट पार्नु भयो । नागरिकता नहुँदा कतिले आफ्ने दैनिकी गुजार गर्न समेत कठिन भएको गुनासोलाई मेट्न सरकारले नागरिकता विधेयक पारित गरेको बताउनुभयो ।
गृहमन्त्रीले श्रीकृष्ण भगवान्ले संसारमा बढ्दै गइरहेको हिंसाको निराकरण गरी शान्ति र सद्भाव कायम गर्ने आशिर्वाद प्रदान गरुन् भन्नुभएको छ । उहाँले विश्वमा कृष्ण भगवान्प्रति श्रद्धा बढेमा कुनै पनि नागरिकमा हिंसाको सोच नआउने भनाइ राख्नुभयो । हरेक मानिसले आफ्नो चित्त शान्ति गरी ईश्वरीय शक्तिमा समर्पित हुँदा सकारात्मक ऊर्जा प्राप्त हुनाका साथै मन स्थिर हुने र बानी व्यवहारमा परिवर्तन हुने उहाँले दाबी गर्नुभयो ।
विश्वशान्तिका लागि सेवाकेन्द्रका दिदीबहिनीले योगदान गरिरहनुभएकामा गृहमन्त्री खाणले प्रशंसा गर्नुभयो ।उक्त अवसरमा मन्त्री खाणसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उक्त कार्यक्रममा राधाकृष्णको रुप धारण गरी बसेका बालबालिकालाई दही खुवाउनुभएको थियो । कार्यक्रममा कृष्ण सुदामाको गीति नाटक प्रदर्शन गरिएको थियो । सेवाकेन्द्रका मुख्य सञ्चालिका ब्रह्माकुमारी कुमारीले गृहमन्त्री खाणलाई सम्मान प्रदान गर्नुभएको थियो ।


