असोज २३, गोरखा । सत्तारुढ गठबन्धनमा आबद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी कन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।उम्मेदवारी दर्तामाअध्यक्ष दाहालसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्यो ।
तपाईको प्रतिक्रिया


