असोज ३० ,काठमाडौ। शताब्दी पुरुष सत्यमोहन जोशीको आज विहान ७ बजेर ९ मिनेटमा निधन निधन भएको छ ।जोशीको १०३ वर्षकाे उमेरमा निधन भएको हो ।
उपचारको क्रममा रहेका ललितपुरको किष्ट अस्पतालमा उहाको निधन भएको हो। जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उहामा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
तपाईको प्रतिक्रिया


