• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ५. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

निर्वाचनमा यसरी खटिदैछन् म्यादी र प्रहरी

  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित

कार्तिक १ , काठमाडौं। नेपाल प्रहरीले निर्वाचनस्थलको सुरक्षा संवेदनशीलताका आधारमा आठदेखि १२ जनासम्म सुरक्षाकर्मी खटाउने भएको छ । अतिसंवेदनशील निर्वाचनस्थलमा १२, संवेदनशीलमा नौ र सामान्यमा आठजना सुरक्षाकर्मी खटाउने तयारी गरेको हो ।

निर्वाचन आयोगका अनुसार मुलुकभर १० हजार ८९२ निर्वाचनस्थल तोकिएका छन् । यी निर्वाचनस्थललाई सुरक्षा संवेदनशीलताका आधारमा अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएका छन् ।

जसअनुसार तीन हजार ४१२ स्थल अतिसंवेदनशील सूचीभित्र परेका छन् । यी निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका ३ र म्यादी ९ गरी १२ जना सुरक्षाकर्मी खटिनेछन् ।

चार हजार ४२० स्थल संवेदनशील सूचीभित्र परेका छन् । उक्त स्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ गरी नौ सुरक्षाकर्मी खटिनेछन् । त्यस्तै, तीन हजार ६० निर्वाचनस्थल सामान्य सूचीभित्र परेका छन् । उक्त स्थलमा भने नेपाल प्रहरीको तीन र म्यादी पाँच गरी आठजना सुरक्षाकर्मी खटिनेछन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले मुलुभरका निर्वाचनस्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको र सोही आधारमा नेपाल प्रहरी र म्यादी प्रहरीका सुरक्षाकर्मी खटाउने तयारी भएको बताए । उनले भने, ‘मुलुकभर १० हजार आठ सयभन्दा धेरै निर्वाचनस्थल निर्धारण गरिएका छन् । सुरक्षा संवेदनशीलताका आधारमा हामीले त्यसलाई तीन खण्डमा विभाजन गरेका छौँ । सोही आधारलाई विश्लेषण गरेर नेपाल प्रहरी र म्यादी प्रहरी खटाउने तयारीमा नेपाल प्रहरी जुटेको छ ।’

०७४ को निर्वाचनमा जस्तो अहिले मुलुकमा सशस्त्र समूहका गतिविधि क्रियाशील छैन । ०७४ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सिके राउत नेतृत्वको समूहले आफ्ना सशस्त्र गतिविधि तीव्र बनाएका थिए । तर, यसपटक दुवै समूह शान्तिपूर्ण बाटोमा अवतरण भइसकेका छन् ।

सरकारले यसपालि यस्ता समूहको खतरा नदेखे पनि अन्तरपार्टी विवाद र पार्टीगत बाहुल्यलाई सुरक्षा चुनौती ठानेको छ । त्यसबाहेक विगत चुनावका गतिविधि, भौगोलिक विकटता, सञ्चार तथा प्राविधिक समस्या, उम्मेदवारको पृष्ठभूमि, निर्वाचनप्रति जनताको धारणालगायतका विषयलाई पनि सरकारले सुरक्षा चुनौती ठानेको छ ।

सोही आधारमा मुलुकभरका निर्वाचनस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन खण्डमा वर्गीकरण गरेको नेपाल प्रहरीको भनाइ छ ।

सरकारले तराईका करिब २० जिल्लालाई सुरक्षा संवेदनशीलताका आधारमा उच्च प्राथमिकतामा राखेको छ । भर्ना गरिएका कुलमध्ये ४३.७० प्रतिशत म्यादी ती जिल्लामा खटाउने नेपाल प्रहरीको तयारी छ । जसमध्ये सबैभन्दा धेरै मोरङमा खटिनेछन् ।

तथ्यांकअनुसार मोरङमा तीन हजार ६१६ म्यादी प्रहरी खटिनेछन् । त्यसपछि धनुषामा तीन हजार ४८६, झापामा तीन हजार ४९०, सर्लाहीमा तीन हजार ३०७, सप्तरीमा तीन हजार दुई ७८, बारामा तीन हजार १४४ र रुपन्देहीमा तीन हजार ९५ म्यादी प्रहरी खटिनेछन् । त्यसबाहेक काठमाडौंमा पनि धेरै म्यादी प्रहरी खटिनेछन् । तथ्यांकअनुसार काठमाडौंमा तीन हजार २७९ म्यादी प्रहरी खटाउने तयारी छ ।

मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ५.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.