कार्तिक १० ,काठमाडौं । तिहार अर्थात यमपञ्चकको पाँचौ दिन आज भाइटीका मनाइँदैछ । भाइपूजा अर्थात् भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पनि बिहानैदेखि भाइटीका लगाइन्छ ।
यो वर्ष पनि बिहीबार बिहानैदेखि भाइटीका लगाउन सुरू गरिएको छ । यो मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्र खुला गरिन्छ ।काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको छ ।
दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन बालगोपालेश्वर मन्दिर खुला गरिन्छ ।भूकम्प र कोरोना महामारीका कारण बन्द भएको बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि गत वर्षदेखि खुलाउन थालिएको हो ।
तपाईको प्रतिक्रिया


