• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

१६२ क्षेत्रको गणना सकियो : थ्रेसहाेल्ड कटाउन नेकपा एसलाई करिब २३ हजार मत चाहिने

  •   शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित

मंसिर १७ ,काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा सम्पन्न निर्वाचनको एक सय ६२ क्षेत्रको मतगणना सकिएको छ । दोलखा, स्याङ्जा २ र बाजुरामा भने मतगणना जारी छ ।

आयोगका अनुसार हालसम्म कुल सदर मतको तीन प्रतिशत थे्रसहोल्ड कटाएर सात पार्टी राष्ट्रिय दल बनेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको हो ।

एक सय ६२ क्षेत्रबाट दुई लाख ९४ हजार मात्रै मत प्राप्त गरेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी भने राष्ट्रिय दल बन्ने सम्भावना क्षीण देखिन्छ । राष्ट्रिय दल बन्न उसले हाल गणना भइरहेका तीन क्षेत्रका एक लाख ८० हजार मतबाट २३ हजार प्राप्त गर्न सके मात्रै थे्रसहोल्ड कटाउन सक्छ । आयोगका अनुसार थ्रेसहोल्ड कटाउन तीन लाख १७ हजार मत आवश्यक पर्छ ।

प्रत्यक्षतर्फ एक सय ६२ क्षेत्रको अन्तिम परिणाममा कांग्रेसले ५५, एमालेले ४४, माओवादीले १७, एकीकृत समाजवादीले १०, जसपाले सात, राप्रपाले सात र राष्ट्रिय स्वतन्त्र पार्टीले सात सिट जितेका छन् । त्यस्तै, लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, जनमोर्चाले एक, नेमकिपाले एक, जनमत पार्टीले एक र पाँचजना स्वतन्त्रले जितेका छन् । गणना भइरहेका स्याङ्जा २ र बाजुरामा कांग्रेस तथा दोलखामा माओवादी उम्मेदवारले अग्रता लिएका छन् । यी तीनवटै क्षेत्रको अन्तिम परिणाम २० मंसिरसम्म आउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

एक सय ६२ क्षेत्रको समानुपातिक मत गणना पनि सकिएको छ । समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार शुक्रबारसम्म एक करोड तीन लाख ९२ हजार मत गणना सकिँदा एमालेले २७ लाख ७९ हजार मत पाएको छ । थ्रेसहोल्ड कटाएका सात दलमा सिट बाँडफाँड हुँदा एमालेले ३३ सिट पाउने देखिन्छ ।

त्यस्तै, २६ लाख ४८ हजार मत पाएको कांग्रेसले ३१ देखि ३२ सिट तथा ११ लाख ६१ हजार मत पाएको माओवादीले १५ सिट पाउने देखिन्छ । ११ लाख २१ हजार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ देखि १४ सिट पाउँछ । त्यस्तै, पाँच लाख ८६ हजार मत पाएको राप्रपाले सातदेखि आठ सिट, चार लाख २० हजार मत पाएको जसपाले पाँच सिट तथा तीन लाख ९४ हजार मत पाएको जनमतले कम्तीमा चार सिट पाउने वाग्लेले बताए । तीन क्षेत्रको मतगणनाबाट एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएमा यो अंकगणित फेरिनेछ ।

एक सय ६२ क्षेत्रको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको सबै गणना सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘तीन क्षेत्रको गणना जारी छ । बाँकी सबै सकिएको छ । आयोगको सूचना प्रणालीमा अद्यावधिक भइरहेको छ । शनिबारसम्म सबै तथ्यांक अपडेट हुन्छ,’ उनले भने । मतपरिणाम आएपछि प्रतिवेदन लेखन कार्य जारी रहेको र २६ गते राष्ट्रपतिलाई बुझाइने आयोगले जनाएको छ ।

थ्रेसहोल्ड कटाउन तीन लाख १७ हजार मत चाहिने
आयोगका अनुसार गणना भइरहेका तीन क्षेत्रमा सरदर ६० प्रतिशत मत खसेको छ । यो भनेको करिब दुई लाख २५ हजार मत हो । दोलखामा एक लाख ६१ हजार ४५० मतदाता रहेकोमा ९५ हजार मत खसेको छ । स्याङ्जा २ मा एक लाख १६ हजार ६७८ मतदाता रहेकोमा ६९ हजार ९२८ मत खसेको छ भने बाजुरामा ८३ हजार ५६७ मतदाता रहेकोमा ५९ हजार ७६५ मत खसेको छ ।

आयोगले यी क्षेत्रबाट कम्तीमा १ लाख ८० हजार मत सदर हुने अनुमान गरेको छ । योसहित कुल सदर मत एक करोड पाँच लाख ६० हजार पुग्ने बताउँछन् प्रमुख आयुक्त दिनेश थपलिया । उनका अनुसार यसमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दल मात्रै राष्ट्रिय दल बन्छन् । ‘थ्रेसहोल्ड कटाउन सरदर तीन लाख १७ हजार मत चाहिन्छ । अहिलेसम्म सात दलले तीन प्रतिशत कटाएका छन्,’ उनले भने । अहिले पाएको मतको ट्रेन्ड हेर्दा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना क्षीण हुँदै गएको उनको विश्लेषण छ ।

शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.