• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

चिया पनि ‘चक्लेटी’ स्वादमा

  •   बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित

मंसिर २१, काठमाडौं । इलाम- हामीले चियालाई कसरी बुझेका छौँ ? कतिले चियालाई दूध लगाएको र दूध नलगाएको चिया भनेर मात्र बुझेका हुनसक्छौँ । केहीले दूध नलगाएको चियामा कागतीसहितको चियासमेत बुझेका हुनसक्छौँ तर चियाका धेरै स्वाद छन् ।चियाबाट अनेक स्वाद लिन सकिने चियाका पारखी तथा चिया उद्योगीको भनाइ छ । इलाममा उत्पादन भएको चिया स्वादिष्ट भएकै कारण विदेशसमेत निर्यात भइरहेको छ ।

स्वाद र सन्तुष्टिका लागि लिइने चिया अधिकांश नेपालीले बिहान उठ्ने बित्तिकै पिउने गरेको पाइन्छ । साथै अतिथि सत्कार तथा पाहुनालाई समेत घरमा आउँदा चियाले नै स्वागत गर्ने गरिएको छ । त्यस्तै पाहुना लाग्न बाहिर जाँदा कोसेलीसमेत चिया नै बोकेर जाने चलन छ ।

पछिल्लो समय चियाको स्वादसँगै मूल्यसमेत निकै महँगोसमेत हुँदै गएको छ । सरदर रु चार सयदेखि ४० हजारसम्म प्रतिकिलो चिया बिक्री वितरण हुने गरेको किसान तथा उद्योगीको भनाइ छ । हाते चिया बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुन्छ ।

हाते चिया किसानले घरमा नै बनाउने गरेका छन् । यो चिया विशेष गरेर दूधसँग मिसाएर पिउने गरिन्छ तर ग्रीन टी, ब्ल्याक टी, सिल्भर टीलगायतका उत्पादन उद्योगबाट मात्र हुने गरेको छ । विदेशमा समेत राम्रो मूल्यमा निर्यात हुने यी चिया मेसिनबाट मात्र बनाउन सम्भव छ ।

इलाम देउमाईका किसान तथा उद्योगी बबिन श्रेष्ठले नयाँअर्थात् चक्लेटी चिया निर्माण गर्दै आउनुभएको छ । उहाँले चियालाई केही फरक स्वादमा निकाल्ने कोसिस गरेको बताउनुभयो । यो चिया विशेषगरी भुटिएको वा खारिएको चियाजस्तै लाग्छ तर प्रशोधन गरिएको चियाको नयाँ स्वाद भएकाले उहाँ आफैँले चक्लेटी चिया नाम दिनुभएको छ ।

अन्य चियाभन्दा केही फरक गरी बनाइएको चियालाई चक्लेटी चिया नाम दिइएको उहाँको भनाइ छ । देउमाई नगरपालिका–४ मा रहेको हिमशिखर चिया प्रशोधन उद्योगमार्फत उहाँले चक्लेटी चिया उत्पादन गर्दै आउनुभएको छ ।

विशेष गरेर सो उद्योगमा उत्पादन भएको चिया रसिया जाने गरेको छ । करिब रु चार हजार प्रतिकिलो उद्योगमा नै आएर सो देशका व्यापारी तथा नागरिकले चिया लैजाने गरेको उद्योगी श्रेष्ठको भनाइ छ । उहाँले केही वर्ष अघिदेखि सो उद्योगमा उक्त चिया प्रशोधन गर्दै आउनुभएको छ ।

स्वादमा फरक भएका कारण पनि चिया पारखीले यसलाई मन पराउने गरेको उहाँले बताउनुभयो । यो चिया कोरोनाकालको लकडाउन समयमा बाहेक सधैँ रसिया नै जाने गरेको छ । नेपालमा खासै बेच्न नपरेको उहाँ बताउनुहुन्छ । रसियाका लागि व्यापारी तथा चिया पारखी आफैँ आएर लजाने हुँदा मागअनुसार मात्रसमेत बनाइने गरेको छ । यो पनि सिल्भर र गोल्ड गरेर दुई प्रकारका चिया पाइन्छ ।

हुन त ग्रीन टी पनि सिल्भर र गोल्डेन गरेर दुई प्रकारका स्वादमा पाइन्छ तर यो चिया विदेशी प्रायः सबै देशका नागरिकले मन पराउने गरेको उहाँको भनाइ छ । इलाममा चियाका धेरै परिकार निर्माण हुन्छन् । ‘येल्लो टी’, ‘ह्वााइट टी’, ‘सिल्भर टी’, ‘ग्रिन टी’, ‘स्पेशल ग्रिन’ र यिनमा पनि सिल्भर र गोल्ड गरेर चिया निर्माण हुन्छन् । यी चियाको स्वादसँगै मूल्यसमेत फरक पर्ने गरेको छ ।

सामान्य चिया बेच्न भारतकै भर पर्नुपर्ने समस्या छ तर विशेष प्रकारको चिया खरिदमा विभिन्न मुलुकबाट व्यापारी आउने गरेका छन् । राम्रो मूल्यसहित राम्रो चिया तेस्रो मुलुक निर्यात भइरहेको छ । नेपालको चिया निर्यातका लागि आफ्नै लोगोसमेत छ तर साना उद्योगले लोगो पहुँचवालाको लागि मात्र भएको दुःखेसो गर्दै आएका छन् ।

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चियाखेती हुन थालेको डेढ शताब्दी भइसकेको छ । विसं १९२० मा कर्णेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा चियाखेतीको सुरुआत भएको मानिन्छ ।

त्यस अगाडि चिया रोपण भएको कुनै जानकारी छैन । कर्णेल थापा जङ्गबहादुर राणाका ज्वाइँ हुनुहुन्थ्यो । उच्च ओहदाका चिनियाँ व्यक्तिबाट उपहार प्राप्त भएको चियाको बिरुवा जङ्गबहादुरको आदेशमा इलामका तत्कालीन बडाहाकिम तथा कर्णेल गजराजलाई भएपछि सो चिया रोपिएको बताइएको छ । नेपालमा सोपश्चात् चियाखेतीको औपचारिक सुरुआत भएको मानिन्छ ।

थापाले विसं १९२० मा इलाम चिया कमानमा प्राप्त बिरुवा रोप्नुभएको बताइन्छ । त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चियाखेती क्रमशः विस्तार हुँदै गएको हो । नजिकै रहेको दार्जिलिङमा पनि सोही समयमा चिया रोप्न थालिएको थियो । भारतको दार्जिलिङ र नेपालमा सो बेलाको प्रविधि साटासाट गर्दै धमाधम चिया लगाउन थालियो ।

भारतमा चियाखेती फस्टाइरहँदा नेपालमा भने जहानियाँ राणाशासनका अगाडि चिया खेती फस्टाउन नपाएको जानकार बताउँछन् तर त्यही समयमा भारतको दार्जिलिङमा चिया खेती व्यापक हुँदै गएको बताइन्छ । पछि दार्जिलिङको चिया ब्राण्ड नै स्थापित गर्दै अघि बढ्यो तर नेपालमा भने निकै पछि अर्थात् केही वर्षअघि मात्र निर्यातका लागि लोगो प्राप्त भयो ।

विसं २०५७ मा सरकारले राष्ट्रिय चिया नीति ल्यायो । सरकारले चिया प्रवद्र्धनका लागि बनाएको चिया तथा कफी विकास बोर्डले समेत प्रभावकारी काम गर्न नसकेको बताइन्छ ।
चियाको विश्व बजारमा ठूलो माग हुँदा पनि नेपालले अपेक्षित लाभ लिन सकिरहेको छैन । विश्व बजारमा चार करोड किलोग्रामभन्दा बढी चियाको माग छ ।

करिब ९० लाख किलोग्राम चिया दार्जिलिङले उत्पादन र माग पूरा गरिरहेको छ । नेपालबाट करिब ३० लाख किलोग्राम मात्रै उत्पादन हुने गरेको आँकडा छ । नेपालको भौगोलिक अवस्था र वातावरण चिया खेतीका लागि उपयुक्त भए पनि नेपालले चियाखेतीबाट खासै लाभ लिन सकेको छैन ।

तत्कालीन राजा वीरेन्द्रले विसं २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्र घोषणा गर्नुभएको थियो । हाल नेपालको पूर्वी जिल्लाबाहेक ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङलगायतका जिल्लामा समेत केही मात्रामा चिया लगाइएको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कअनुसार एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन भइरहेको छ । त्यसक्षेत्रमा सञ्चालित टि स्टेट तथा प्रशोधन केन्द्रले चिया उद्योगले करिब ५८ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

गत आर्थिक वर्षमा रु दुई अर्ब ६८ लाख बराबरको ११ हजार एक सय ४२ मेट्रिक टन चिया निर्यात भएको थियो । यहाँको अग्र्यानिक चिया विश्व बजारमा लोकप्रिय मानिन्छ । चिया क्षेत्रलाई व्यवस्थित गर्न सरकारले किसान प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने चिया किसानको माग छ । चिया क्षेत्रमा अझै पनि निकै समस्या छन् तर समाधानमा कसैले चासो नराखेको यहाँका किसान तथा उद्योगीको भनाइ छ ।

बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.