पुस २४ , विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
एमालेका ४० जना, माओवादीका १३ जना, राप्रपाका ६ जना र जसपाका एक जना सांसद गरेर कुल ६० जनाको हस्ताक्षरसहित कार्कीले मुख्यमन्त्री दाबी पेस गरेका हुन् ।प्रदेश प्रमुख परशुराम खापुङलाई कार्कीले संविधानको १७६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।
कार्कीलाई मुख्यमन्त्री बनाउन दावीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट छ ।
तपाईको प्रतिक्रिया


