माघ १ ,पाेखरा । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एंव गण्डकी प्रदेशका इन्चार्ज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
प्रेस सेन्टरको पदाधिकारी वैठकका लागि उनी काठमाडौं आएका थिए । हिजो बैठक सकिएपछि आज गृहनगर पोखरा फर्कने क्रममा उनको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडलले जानकारी दिए ।
करिब ४ वर्षअघि विवाहित पौडेलका श्रीमती र एक छोरा रहेका छन् । पोखराको फुलबारीमा बस्दै आएका उनी पोखरा हटलाइन दैनिकका सम्पादक थिए ।कास्की प्रहरीले पत्रकार पौडेल दुर्घटनामा परेको पुष्टी गरेको छ । उनको अवस्थाबारे आधिकारिक जानकारी दिइएको छैन ।विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए ।
यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।अहिलेसम्म ६९ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताउनु भएकाे छ ।
यस्तै तीन जनाको अवस्था भने अझै अज्ञात रहेको उहाँले बताउनु भयाे। उनीहरूको पनि खोजी भइरहेको उनले जानकारी दिए ।त्यस्तै यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ ।


