• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको अठार घण्टा

  •   आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित

कार्तिक १९ , काठमाडौँ। शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए । विपत्तिका सामु कसैको केही लागेन । एकाएक धर्ती हल्लियो । निद्रामा रहेका मानिस ब्यूँझिए । कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो । काठमाडौँ उपत्यकासहित देशभर नै धक्का महसुस भयो ।

समय थियो शुक्रबार राति ११ बजेर ४७ मिनेटको । जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्पले विशेषगरी छिमेकी रुकुम पश्चिमलाई नराम्ररी हल्लाइदियो । विसं २०७२ वैशाख १२ गतेको जस्तै धक्का पश्चिम नेपालका दुई पहाडी जिल्लाले यसपटक व्योहोर्नुपरेको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यका र भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म सो भूकम्पमा परी एक सय ५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । हालसम्म जाजरकोटमा एक सय पाँच जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

जाजरकोट र रुकुम पश्चिमका धेरै गाउँ भूकम्पबाट थिलथिलो भएको छ । अधिकांश मानिस खुला स्थानमा रात कटाउन बाध्य भएका छन् । राहत र उद्धारको काम चलिरहेको छ । पहिलो चरणमा सरकारले भूकम्प प्रभावितको सकुशल उद्धारमा ध्यान केन्द्रित गरेको छ । करिब–करिब उद्धारको काम पूरा भएको स्थानीय प्रशासनले जनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रातिदेखि नै प्रभावितको उद्धारमा प्रभावकारीरूपमा खटिन निर्देशन दिनुभएअनुसार काम भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले शनिबार बिहान १ बजेभित्रै जाजरकोट र रुकुम पश्चिमको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

भूकम्प गएको थाहा पाउनेबित्तिकै तत्काल उद्धार र राहतमा खटिन उहाँले मातहतका निकाय, सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री शनिबार झण्डै १८ घण्टा जाजरकोट र रुकुम पश्चिमलाई नै केन्द्रमा राखेर खटिनुभएको थियो ।

आफैँले विवरण लिएपछि प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान ३ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा आवश्यक प्राविधिकसँग उद्धारका बारेमा छलफल गरी आवश्यक निर्देशन दिनुभएको थियो ।

आवश्यक तयारीलगत्तै बिहान ६ बजे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा र जाजरकोटबाट कर्णाली प्रदेशसभा सदस्य राजीवविक्रम शाहीसहित विमानस्थल पुग्नुभएका प्रधानमन्त्रीले आफूसँगै १६ जना स्वास्थ्यकर्मीलाई प्रभावितस्थल लिएर जानुभयो ।

सचिवालयमा रहेका सहयोगीलाई काठमाडौँमा नै छाडेर प्रधानमन्त्री सीमित सुरक्षाकर्मीका साथ जाजरकोटको मालिका ब्यारेकमा बिहान ८ बज्दा नबज्दै पुग्नुभयो । आम नेपालीले नियमित काम सुरु नगर्दै प्रधानमन्त्री नेतृत्वको टोली भूकम्प प्रभावितस्थल जाजरकोट पुगिसकेको थियो । केन्द्रबिन्दु नै भएका कारण यसपटकको भूकम्पले सबैभन्दा बढी क्षति जाजरकोटमा नै पुगेको छ । त्यसपछि रुकुम पश्चिममा जनधनको क्षति भएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार केन्द्रबिन्दु भए पनि त्यहाँ मानवीय क्षति कम भएको छ । भौतिक संरचनामा भने ठूलो क्षति भएको छ । झण्डै एक हजार परिवार विस्थापित भएका छन । उनीहरुको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । बस्नै नहुने अवस्था छ । त्यहाँ अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन् ।

“भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन् । भूकम्प पीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन्”, उहाँले भन्नुभयो । केन्द्रबिन्दु रहेको भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ । घर क्षतिग्रस्त छन् । जमिन भासिएको छ । चिराचिरा परेको छ । भग्नावशेषजस्तो देखिएको छ । गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जङ्गल र खोला छ ।

जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार प्रधानमन्त्री दाहालले प्रभावित क्षेत्रको अवलोकन गरेर पीडामा रहेका नागरिकलाई मल्हमपट्टी लगाउन सहयोग पुगेको छ । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले नै स्थलगत निरीक्षण गर्नुभएको छ । विश्वास छ, सङ्घीय सरकारले ठूलो सहयोग गर्नेछ ।”

प्रधानमन्त्री दाहालले धेरै प्रभावितमध्येको एक जाजरकोटको नलगाड नगरपालिकाको दलीबाट आफू चढेर गएको हेलिकोप्टरमा नै सात जना घाइते र सात जना कुरुवालाई उद्धार गरेर उपचारमा पठाउनुभएको थियो ।

घाइतको तत्काल उद्धारमा जोड दिनुभएका प्रधानमन्त्रीले दिउँसो फर्कने क्रममा पनि एक बालकसहित तीन जनालाई रुकुमको आठबिसकोटबाट उद्धार गरेर उपचारका लागि सुर्खेत छाडेर आउनुभएको छ । गम्भीर अवस्थामा रहेका सात जना घाइतेलाई नेपाल वायु सेवा निगमको जहाजमार्फत काठमाडौँ ल्याइएको छ ।

प्रधानमन्त्री प्रचण्डले सानीभेरी, आठबिसकोट, मुसीकोट, जाजरकोटको थाप्लेचौर, नलगाडलगायत स्थानमा आफैँ पुगेर घाइतेको अवस्थाका बारेमा जानकारी लिनुभयो । उहाँले उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरूलाई आग्रह गर्नुभयो । थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउन तथा खर्चको कुनै चिन्ता नगर्न ढाडससमेत दिनुभएको थियो ।

यस्तै उद्धार र राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत उच्च मनोबलका साथ खटिन निर्देशन दिनुभएका प्रधानमन्त्रीले सरकारको तर्फबाट सबै प्रकारको सहयोग रहने र साथैमा रहेको बताउनुभएको थियो । घरबास भत्केर खुला स्थानमा पुगेका नागरिकसँग प्रत्यक्ष संवाद गर्न एकाबिहानै प्रधानमन्त्री पुग्दा धेरैले आश्चर्यसमेत मानेका थिए ।

प्रधानमन्त्रीले भूकम्पमा परी निधन भएका मानिसका आफन्तसँग रुकुमको राडीबजारमा भेटेर समवेदना प्रकट गर्नुभएको थियो । उहाँले सरकार साथमा भएकाले चिन्ता नगर्न आग्रह गर्दै पुनःस्थापना र राहतको प्रबन्ध गरिने विश्वास दिलाउनुभएको थियो ।

शनिबार दिनभरजसो भूकम्प प्रभावितसँग रहनुभएका प्रधानमन्त्रीले सोही क्रममा गृह, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई पनि आ–आफ्नो मन्त्रालयमार्फत गर्नुपर्ने राहत र उद्धारको कामको तयारी गर्न निर्देशन दिनुभएको प्रेस संयोजक शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्रीको निर्देशनलगत्तै ती मन्त्रालयले पनि प्रभावितलाई केन्द्रमा राखेर आवश्यक निर्णय गरेका छन् ।

उद्धारको काम सम्पन्न भएको निष्कर्षमा पुग्नुभएका प्रधानमन्त्रीले राहत, पुनःस्थापनाका लागि आवश्यक निर्णय गर्न आज बिहान मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

अधिकारसम्पन्न स्थानीय सरकार गठन भएका कारण उद्धारको काम प्रभावकारी भएको निष्कर्षका साथ काठमाडौँ फर्कनुभएका प्रधानमन्त्री दाहालले दोस्रो चरणमा राहतको कामलाई प्राथमिकतामा साथ युद्धस्तरमा अगाडि बढाउने विश्वास स्थानीय प्रभावितलाई पनि दिलाउनुभएको छ ।

भूकम्पबाट भत्किएका घर तथा आवास, सरकारी संरचना तथा अन्य भौतिक पूर्वाधारको निर्माणका लागि प्राधिकरणको मोडालिटीमा नै नयाँ संरचना निर्माण गर्नुपर्ने हो कि भन्ने निष्कर्षमा प्रधानमन्त्री पुग्नुभएको छ । “स्थलगत निरीक्षणका क्रममा देखिएको अवस्था, विज्ञहरूको सुझाव तथा अन्य परिस्थितिलाई ख्याल गरेर आज बस्ने मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गर्नेछ । आज विभिन्न मन्त्रालयले गरेका निर्णयलाई समेत सरकारले ग्रहण गर्ने सरकारको तयारी छ”, प्रेस संयोजक शर्माले भन्नुभयो ।

पश्चिम नेपालमा लगातार भूकम्प गइरहेको सन्दर्भलाई ध्यान दिएर सरकारले दीर्घकालीनरूपमा पनि उपयुक्त समाधान खोज्ने तथा सुरक्षित आवास निर्माण गर्नुपर्ने आवश्यकता देखेको छ । प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका लागि आवश्यक सबै प्रबन्ध गर्ने र त्यसमा सबै राजनीतिक दल र सरोकारवालाको साथ खोज्नुभएको छ ।

जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले उद्धार र उपचारमा ध्यान केन्द्रित गरिएको बताउनुभएको थियो ।

प्रधानमन्त्री दाहालले आइतबारदेखि राहत र पुनःस्थापनाको काममा लाग्ने उल्लेख गर्नुभयो । उहाँले नेपाललाई चाहिने सहयोग गर्ने भनेर छिमेकी मुलुकबाट पनि फोन आएको तथा मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर आवश्यक सहयोगबारे बताउने जानकारी गराएको उल्लेख गर्नुभएको थियो ।

आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल
एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • २.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ३.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ४.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ५.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • ७.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ८.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.