• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  •   बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित

काठमाडौँ, कात्तिक १२ गते । यात्रुको चाप बढेसँगै चाडपर्वको अवधिमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या उच्च रूपमा बढेको छ । यस अवधिमा १५ दिनभित्र देशभर एक हजार ३४१ सवारी दुर्घटना हुँदा १४० जनाको मृत्यु भएको छ भने तीन हजार ५० जनाभन्दा बढी घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार सोमबार गुल्मीको कालीगण्डकी गाउँपालिका–२, दबौखानीमा स्कोर्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मङ्गलबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । यी घटनाले सवारीको चाप बढेसँगै सडक दुर्घटनाको जोखिम गम्भीर बनेको देखाएको छ । यात्रुको आवागमन बढ्ने समयमा चालकको लापर्बाही, तीव्र गति, मादक पदार्थ सेवन र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति दुर्घटनाका प्रमुख जोखिमका रूपमा देखिएको बताइएको छ । प्रहरीका अनुसार गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका दुर्घटनामा ८७ पुरुष, ४१ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको छ । घाइतेमध्ये ४४८ जनाको अवस्था गम्भीर र दुई हजार ५५१ जनाको अवस्था सामान्य छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार दुर्घटनाको सङ्ख्याका आधारमा कोशी प्रदेश सबैभन्दा अगाडि छ । यस अवधिमा कोशीमा ३९७, काठमाडौँ उपत्यकामा १७१, कर्णालीमा १७१, लुम्बिनीमा १६१, सुदूरपश्चिममा १५०, बागमतीमा ११२, गण्डकीमा ९७ र मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन् ।

मोटरसाइकल दुर्घटना बढी

प्रहरीको तथ्याङ्क अनुसार दुर्घटनामा परेका दुई हजार ४८१ सवारीसाधनमध्ये एक हजार ५५२ मोटरसाइकल छन् । यस्तै ३३७ जिप तथा कार, २०७ ट्याम्पो, ७१ ट्रक तथा ट्याङ्कर र ५४ बस दुर्घटनामा परेका छन्  ।

चाडपर्वमा लामो दुरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सवारी छुट्ने स्थानदेखि नै निगरानी र जाँचलाई तीव्र बनाएको प्रवक्ता काफ्लेले बताउनुभयो । चालकको अनुमतिपत्र, मादक तथा लागुपदार्थ सेवन, सवारीको यान्त्रिक अवस्था र सिट क्षमता अनुसार यात्रु राखे/नराखेको जाँच भइरहेको उहाँले जानकारी दिनुभयो । लामो दुरीका सवारीसाधनमा दुई जना चालक भए/नभएको यकिन गर्न ट्राफिक कम्युनिकेसन एप्लिकेसन (टिसिए) को समेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

चालक कारबाहीमा

दसैँको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ सवारीसाधन कारबाहीमा परेका छन् । तीमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु राख्ने एक हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ सवारीसाधन रहेको प्रहरीले जनाएको छ । यस्तै यान्त्रिक जाँचसम्बन्धी कसुरमा ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागुपदार्थ सेवन गरी सवारी चलाउने ५३ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रवक्ता काफ्लेले प्रहरीको उद्देश्य कारबाही गर्नुभन्दा चालक र यात्रुको सुरक्षा सुनिश्चित गर्नु रहेको बताउनुभयो । दुर्घटनाको जोखिम भएका स्थान पहिचान गरी नियमित तथा आकस्मिक जाँच सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत देशभर ४०८ यात्रु सहायता कक्ष र अन्तर्राष्ट्रिय सीमानाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई सूचना तथा सहयोग उपलब्ध गराएको प्रहरीले जनाएको छ । दसैँपछि तिहार, नेपाल संवत् र छठपर्वमा पनि सवारी आवागमन बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि विशेष सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल
एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • २.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ३.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ४.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ५.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • ७.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ८.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.