• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता

  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित

जाजरकोट ,मंसिर १०
जाजरकोट भूकम्पका पीडितका लागि अस्थायी आवास निर्माणमा राजनीतिक दल सक्रिय भएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ता नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकामा अस्थायी आवास निर्माणमा जुटेका हुन् ।

तिहार सकिएसँगै राजनीतिक दलहरूले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउन सुरु गरिसकेका छन् । भूकम्प प्रभावित क्षेत्रमा सफाइ अभियान, अस्थायी टहरा निर्माणलगायत समग्र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई त्यहाँ खटाउन थालेका हुन् ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका एक सय अस्थायी आवास निर्माण गरेको छ । टोलीले नलगाड नगरपालिका–५ स्थित रघुनाथ टोलमा मङ्गलबारदेखि अस्थायी टहरा निर्माण सुरु गरेको थियो ।

टोलीले शुक्रबारसम्म श्रमदान गरेर एक सयवटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशील भट्टले जानकारी दिनुभयो ।

टोलीमा पौडेलसहित गण्डकी प्रदेशसभा सदस्य दिल्लीराम सुवेदी, इन्जिनियर दीपकबाबु कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत, महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता–कार्यकर्ता रहेका थिए ।

गत सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो । कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्ण गरेको थियो ।

नेता पौडेलका अनुसार टोलीले एक सयवटा अस्थायी घर निर्माणमा श्रमदान गरे पनि आवासका लागि आवश्यक जस्तापाताको अभावका कारण स्थानीय स्रोतसाधनको प्रयोग गरेर सुरक्षित बनाइएको छ । आवास निर्माणको सरकारी मापदण्ड बने पनि सोअनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ ।

नेकपा (एमाले)ले जाजरकोट र रुकुम पश्चिममा करिब एक हजार एक सय जनालाई खटाउने रणनीति बनाएर परिचालित भएको बताएको छ । शुक्रबार एमालेको भातृ सङ्गठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब एक सय जनाको सीपयुक्त जनशक्ति प्रभावित क्षेत्रमा खटिएको छ ।

उक्त टोलीले शुक्रबार भूकम्पले क्षतिग्रस्त भेरी नगरपालिका–३ थाप्लेका भग्नावशेष घरमा सफाइ अभियान चलाएको छ । एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजङ्ग शाहका अनुसार थप एक हजार जनालाई प्रभावित क्षेत्रमा खटाइने तयारी छ ।

“शुक्रबार नै एक सय जना फिल्डमै खटिसक्नुभएको छ, बाँकी सबै गरेर ११ सय खटाउने लक्ष्य छ”, उहाँले भन्न्ुभयो, “खटिएकाहरूले पनि जहाँ बढी प्रभावित भएको छ, त्यही पालिकामा पहिलो प्राथमिकतामा राखेर जनतासँग रहेर काम गर्नेछन् ।

अहिलेका लागि सफाइ गर्ने, अस्थायी टहरा बनाउनेलगायतका काम गर्नेछन् ।” प्रदेश र केन्द्रबाट नेता, कार्यकर्ता त्यहाँ खट्ने र त्यहाँको व्यवस्थापन जिल्लाको पार्टीले गर्ने शाहले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)ले तीन हजार स्वयंसेवक परिचालन गरेर अस्थायी संरचना निर्माणमा जुटेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कालीबहादुर मल्लले बताउनुभयो । जाजरकोटबाट मात्र पाँच सय स्वयंसेवक खटिएको उहाँले जानकारी दिनुभयो ।

सबैभन्दा बढी प्रभावित ठाउँमा खटिएर काम गरिएको माओवादी केन्द्रका नेता राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माले आफू कुशे गाउँपालिकाको विभिन्न ठाउँमा खटिएकोसमेत बताउनुभयो ।

भग्नावशेष पन्छाउनेदेखि टहरा निर्माण गर्दै

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका दुई सय नेता, कार्यकर्ता यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा विद्यार्थी नेता, कार्यकर्ता प्रभावित क्षेत्रमा खटिएका हुन् ।

उनीहरूले भूकम्पबाट ध्वस्त भएका घरहरू पन्छाउने, पीडितका लागि अस्थायी टहरा निर्माण गर्नेदेखि भत्किएका सार्वजनिक संरचना पनि पन्छाउने काम गरिरहेका छन् ।

अध्यक्ष सिंहले यतिबेला कर्णालीबाट विद्यार्थी टोली खटिसकेको र भोलिसम्म लुम्बिनीबाट पनि विद्यार्थी टोली प्रभावित क्षेत्रमा खटिने बताउनुभयो । अबको एक महिना ‘जनताको सङ्कटको सारथी’ भएर अखिल क्रान्तिकारी पुनःनिर्माणमा सक्रिय हुने उहाँको भनाइ छ । सङ्गठनका केन्द्रीय पदाधिकारी पनि प्रभावित क्षेत्रमा खटिएका छन् ।

“हामीले अहिले जनताको घरघरमा पुग्ने, सबैभन्दा बढी सहयोग के आवश्यक हो, उहाँहरूकै चाहनाअनुसार काम गरिरहेका छौँ”, अध्यक्ष सिंहले भन्नुभयो, “उहाँहरूको माग भनेको अहिले भत्किएका प्रयोग गर्न नमिल्ने घर पन्छाएर क्लियर गरिदिनुपर्ने छ । हामीले त्यो काम गरिरहेका छौँ । सबै जनता पालमुनि छन्, बिरामी, बालबालिकालाई निकै समस्या छ । पालले चिसो छेक्ने अवस्था नै छैन ।”

अखिलले तीनवटा कामलाई वर्गीकरण गरी काम गरिरहेको उहाँले बताउनुभयो । जाजरकोट पुगेको टोलीले सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्ने भेरी नगरपालिका–१ को रिम्ना क्षेत्रमा काम गरिरहेको छ । अखिल क्रान्तिकारीका नेता–कार्यकर्ता आफ्ना लागि टेन्टदेखि खाद्य आफैँ बोकेर त्यहाँ खटिएका छन् । पानीबाहेक सबै आफैँले गर्ने गरी व्यवस्थापन गरेर प्रभावित क्षेत्रमा खटिइएको सिंहको भनाइ छ ।

केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्ने भनेर रु ५० हजार रकम दिने भने पनि अहिलेसम्म नागरिकसमक्ष उक्त रकम पुग्न नसकेको पीडितको गुनासो छ । अध्यक्ष सिंहका अनुसार केन्द्रको कार्यविधिले स्थानीय सरकार निकै अलमलमा परिरहेका छन् ।

सकेसम्म प्रक्रियालाई छोट्याई जनताको हातमा सहज तरिकाले रकम पुग्ने वातावरण सरकारले बनाउनुपर्ने उहाँको भनाइ छ । “रु ५० हजार आउँछ भन्ने कुरा जनतालाई थाहा छ तर, हातमा परिरहेको छैन”, उहाँ भन्नुभयो, “कुनै आयस्रोत नभएका नागरिकलाई निकै गाह्रो स्थिति छ ।”

यता नेकपा (एकीकृत समाजवादी)ले मङ्सिर ८ गतेसम्म पार्टीका तर्फबाट टिम प्रभावित क्षेत्रमा खटाएको छ । समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाका अनुसार एक सय ५० जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ ।

“ती भनेका संरचना निर्माणमा दक्ष भएका व्यक्ति हुन्”, थापाले भन्नुभयो, “युवासङ्घको नेतृत्वमा नै त्यहाँ टोली परिचालन गरिने छ । साथै पार्टी अध्यक्ष पनि केही दिनमा प्रभावित क्षेत्रमा पुग्नुहुनेछ ।” टोलीले आफ्नै खर्चमा काम गरिरहेको छ ।

आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने
मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध
फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
मलेसियामा श्रम समस्या समाधान गर्न कूटनीतिक पहल
आज कार्तिक ११ गते बुधबारको तपाइको राशिफल
‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने

  • २.
    मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

  • ३.
    फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

  • ४.
    मलेसियामा श्रम समस्या समाधान गर्न कूटनीतिक पहल

  • ५.
    आज कार्तिक ११ गते बुधबारको तपाइको राशिफल

  • ६.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ७.
    ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • ८.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.