• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

शान्ति आविको वार्षिकोत्सव सम्पन्न

  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित

पोखरा, फागनु २४ गते

पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवामा सञ्चालित शान्ति आधारभूत विद्यालयले आफ्नो ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा बुधबार विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा वडा नम्बर ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतले विद्यालयका संस्थापक प्रधानाध्यापक, अध्यक्ष, शिक्षकलगायत हालसम्म योगदान गर्ने व्यक्तिहरूलाई विद्यालयका तर्फबाट सम्मान गरेका हुन् । दिवङ्गत भएका पूर्व प्रअहरू सारु मगर, केशवलाल भुजेल, खिलनाथ पराजुली, ओमनाथ बाँस्तोला र लोकबहादुर ताम्राकार तथा पूर्व अध्यक्षहरू दिननाथ त्रिपाठी, झलकनारायण श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, नारायणदत्त गौतम र बद्रिनाथ अधिकारीको मरणेपरान्त सम्मान परिवारलाई हस्तान्तरण गरिएको थियो ।

सम्मानित हुने अन्य व्यक्तिहरूमा पूर्व अध्यक्षहरू दयाराम न्यौपाने, दिननाथ च्वाईँ, टीकाराम बाँस्तोला, बुद्धिनाथ जमरकट्टेल, भुवानीप्रसाद बाँस्तोला, बाबुराम ढकाल, भवानीप्रसाद अधिकारी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्षद्वय बाबुराम थापा र नन्दबहादुर गुरुङ, पूर्व प्रअहरू अर्जुन बन्जारा, इमनाथ च्वाईँ र अमृता न्यौपाने तिवारी तथा हाल कार्यरत शिक्षकहरू भवानीप्रसाद सुवेदी र विमला शर्मा रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले मुलुकका लागि आवश्यक जनशक्तिको पूर्ति गर्ने अधिकांश सामुदायिक विद्यालयकै उत्पादन भएकाले सामुदायिक विद्यालयको शिक्षा सुधारमा विशेष जोड दिनुपर्ने बताए । युवा जनशक्तिलाई देशमै बस्ने अवस्थाको सिर्जना गर्नका लागि सबै तहका सरकारले पहल गर्नुपर्ने भन्दै सुवेदीले वर्तमान समयमा कृषि र नैतिक शिक्षामा लगानी गर्नुपर्ने धारणा राखे । उनले वडा नम्बर ३० ले आगामी आर्थिक वर्षदेखि नैतिक शिक्षा र व्यावहारिक शिक्षाका लागि वडाभित्रका विद्यालयमा कम्तीमा पनि हप्ताको १ पिरियड कक्षा सञ्चालन गर्ने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले आजको सिकाइ विद्यालयको चौघेरामा मात्र सिमित नरहेको भन्दै यस्ता औपचारिक कार्यक्रम सिकाइको महत्त्वपूर्ण माध्यम बन्ने धारणा राखे । वडा सदस्य तथा विद्यालय व्यवस्थाप समितिका सदस्य विनोदप्रसाद लामिछानेले वडामार्फत विद्यालयको उन्नतिका लागि विभिन्न योजनाहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा विद्यालयले चालेका कदममा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक उन्नतिका लागि विभिन्न कार्ययोजनाहरू प्रस्तुत गरे ।

कार्यक्रममा वडा सदस्य उमा परियार, लक्ष्मीआदर्श माविका प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराई, शिवशक्ति माविका प्रधानाध्यापक शम्भुराज बाँस्तोला, शिवालय मावि, रूपाका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, लक्ष्मी माविका सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिवारी, नेपाली काङ्ग्रेस वडा नं. ३० सभापति ध्रुवराज न्यौपाने, लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, शिक्षक अभिभावक सङ्घकी अध्यक्ष कल्पना पौडेललगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भवानीप्रसाद सुवेदीले गरेका थिए भने शिक्षक तारादेवी सुवेदी र विद्यार्थी दिया नेपालीले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा विद्यार्थीहरूले सांस्कृति प्रस्तुति राखेका थिए भने खेलकुद प्रतियोगिताका विजेता र शैक्षिक सत्र २०७९ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

  • #अभिभावक दिवसमा विभिन्न व्यक्तिलाई सम्मान
  • #शान्ति आधारभूत विद्यालय
शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल
एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • २.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ३.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ४.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ५.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • ७.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ८.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.