• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

निर्माणाधीन पुलको पिलर भत्काउनुपर्ने स्थलगत अध्ययन टोलीको ठहर

  •   सोमबार, असार ११, २०८१ मा प्रकाशित

सुनकोसी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको पिलर भत्काउनुपर्ने भएको छ । निर्माणाधीन पुलको खोटाङपट्टिको पिलर बाङ्गिएपछि स्थलगत अध्ययन अवलोकन गर्न खोटाङबाट निर्वाचित जनप्रतिनिधिसहित आइतबार धाप्लाङ पुगेको पुल सेक्टर कार्यालय धरानका इन्जिनियरसहितको टोलीले उक्त पिलर भत्काउनुपर्ने ठहर गरेको हो ।

गत हप्ताको बाढीले खोटाङको वराह पोखरी गाउँपालिका वडा नं २, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४, साउने जोड्ने धाप्लाङस्थित पुलको पिलर नदीतर्फ ढल्किएको थियो ।

पुलको पिलर ढल्किएको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि पुल सेक्टर कार्यालय धरानको इन्जिनियरको टोली स्थलगत अध्ययनमा पुगेको हो ।

खोटाङ जिल्लाका प्रदेश सांसद भूपेन्द्र राईसहित पुल निर्माण स्थल पुगेको टोलीले पुलको पिलर स्पष्ट रुपमा नदीतर्फ ढल्केकाले अब यसलाई भत्काएर अर्को बनाउनुको कुनै विकल्प नरहेको जनाएको छ । अहिलेको संरचनाले काम नगर्ने र भत्काएर नयाँ बनाउने विकल्प नरहेको पुल सेक्टर धरानका इन्जिनियर आविष्कार तिम्सिनाले बताउनुभयो ।

सो अवसरमा इन्जिनियर तिम्सिनाले पुरानो डिजाइनमा भएको सानो त्रुटिको कारण ठुलो खर्चमा तयार भएको पुलको पिलर ढल्केको जानकारी दिनुभयो । माटो परीक्षण गर्दाको त्रुटिको कारण पिलरकाे बेसमा ढुङ्गा नभएको हुँदा पिलर बाङ्गिएको हुनसक्ने इन्जिनियर तिम्सिनाको भनाइ छ ।

निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौँका ठेकेदारको गैर जिम्मेवारीका कारण पाँच वर्ष पहिले नै अर्थात् २०७६ साल असार मसान्तमा निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने सो पुल हालसम्म पनि बन्न सकेको छैन । सो निर्माण कम्पनीले २२ करोड २५ लाख रुपियाँमा सम्झौता भएको मितिदेखि ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानसँग २०७३ साल असार ३० गते सम्झौता गरेको हो ।

दुवैपट्टि फुटपाथसहित १० मिटर चौडाइ र ४० मिटर लम्बाइका पाँच वटा स्पानसहित दुई सय मिटर लम्बाइ रहेको र जगको किसिम ओपेन वेल फाउन्डेसन भएको पुलको वारि र पारि दुई किनारमा एक÷एक वटा पिलर निर्माण गरिएकोमा पारिपट्टिको पिलर बाङ्गिएको हो ।

२०७६ सालमा निर्माण सम्पन्न हुने गरी सम्झौता भएको पुलको काम नभएपछि सम्बन्धित कार्यालयले निर्माण कम्पनीलाई कालो सूचीमा राखेर आवश्यक कारबाही अगाडि बढाउने तयारी गरेपछि हाल २०८० साल फागुन २८ गतेदेखि डिजाइन परिवर्तन गरेर ‘पाइल’ फाउन्डेसनको जग बनाएर निर्माणको कार्य अगाडि बढाइएको छ ।

सोमबार, असार ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल
एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • २.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ३.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ४.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ५.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • ७.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ८.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.