• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

दक्षिण कोरीयामा होटल रेस्टुरेन्टको लागि नेपालीको माग

  •   बुधबार, असार १३, २०८१ मा प्रकाशित

दक्षिण कोरियाले होटल-रेस्टुरेन्ट क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको छ।

कोरियाले यसै वर्षदेखि सेवा क्षेत्रमा श्रमिक लैजाने प्रक्रिया सुरू भइसकेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अधिकारीहरूले बताएका छन्।

यसअघि लामो समयदेखि कोरियाले नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा श्रमिक लैजाने गरेको थियो। त्यस्तै पानीजहाज बनाउने कामका लागि पनि नेपाली लिन थालेको थियो।

अब सेवा र वन क्षेत्रमा पनि श्रमिकहरू लैजाने भएको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ।

कृषि तथा उत्पादनमूलक क्षेत्रका लागि इपिएस परीक्षा उत्तीर्ण गरेर लामो समयदेखि (सूची) रोस्टर मा नाम रहेका तर रोजगारदाताको छनोटमा नपरेका श्रमिकहरूलाई कोरियाले सेवा क्षेत्र परिवर्तन गर्ने अवसर दिएको थियो।

इपिएस शाखाका अधिकृत कमलराज श्रेष्ठका अनुसार रोस्टरमा ९ हजार ४२८ जनाको लिस्ट थियो। रोस्टरमा भएकामध्ये पनि ३१ डिसेम्बर २०२४ मा म्याद सकिन लागेकाहरूले रोजगारीको क्षेत्र परिवर्तन गर्न पाउने अवसर कोरियाले दिएको थियो।

इपिएस भाषा परीक्षा उत्तीर्ण भएकाहरू दुई वर्षसम्म रोस्टरमा रहन्छन्। त्यो अवधिभित्र रोजगारदाताको छनोटमा नपरेको अवस्थामा उनीहरू कोरिया जान पाउँदैनन्।

अर्को पटक जाने प्रयास गर्ने हो भने परीक्षा फेरि दिएर उत्तीर्ण गर्नुपर्छ। रोस्टरको म्याद सकिन लाग्दा पनि रोजगारदाताको छनोटमा नपरेका कृषि तथा उत्पादन क्षेत्रबाट सेवा क्षेत्रको रोजगारीका लागि तीन हजार पाँच सय जनाले आवेदन दिएका थिए।

आवेदन दिनेमध्येबाट कोरियाले जम्मा छ सय ९१ जनाको मात्रै क्षेत्र परिवर्तन गराइदिएको छ। बाँकी पुरानै क्षेत्रमा छन्।

अहिले छ सय ९१ जना सेवा क्षेत्रका लागि रोस्टरमा छन्। जसमध्येबाट सात जना छनोटमा परेका छन्। जसमध्ये चार जनाको उड्ने प्रक्रिया अगाडि बढेको श्रेष्ठले बताए। बाँकी छ सय ८४ सेवा क्षेत्रतर्फको रोस्टरमा राखिएको छ।

२०२५ मा सेवा क्षेत्रका लागि पनि छुट्टै कोटा बनाएर श्रमिक लैजाने कुरा कोरिया पक्षले राखेको उनले बताए।

यो क्षेत्रसँगै कोरियाले वन क्षेत्रमा पनि श्रमिक लैजाने इच्छा देखाएको शाखाले जनाएको छ। गत वर्षदेखि रूट इन्डस्ट्रीमा पनि श्रमिकहरू लैजान थालेको श्रेष्ठले बताए। उक्त उद्योगमा अघिल्लो वर्ष ३० जना श्रमिक लगेको उनले बताए।

‘गएको वर्ष पाइलट प्रोजेक्टका रूपमा लगेको थियो। यो वर्ष फेरि ५० जना मागेको छ। ५० जनामा १०१ जनाको सट लिस्ट हामीले पठाएका छौं। यसको अन्तर्वार्ता असार १३ र १४ गते हुँदैछ। यसबाट ५० जना छनोट हुन्छन्,’ उनले भने।

आगामी वर्षदेखि त्यहाँको सेवा क्षेत्रका लागि पनि कृषि र उत्पादन क्षेत्रतर्फ जस्तै छुट्टै कोटाबाट कोरियाले श्रमिक लैजान सक्ने श्रेष्ठले बताए।

‘अहिले अर्को क्षेत्रका लागि परीक्षा दिएर बसेकाहरूबाटै छानेर लैजाने भएको हो। नयाँ लैजान थाल्यो भने विज्ञापन गरेर परीक्षा दिएर रोस्टरमा बसेर जानुपर्ने हुन्छ। तर यो वर्ष त उत्पादन क्षेत्रतर्फकै परीक्षा डिसेम्बर २०२४ मा सकिन्छ। यो वर्ष सेवा क्षेत्रको जाँचका लागि सम्भव पनि छैन,’ उनले भने।

यस वर्षको उत्पादनतर्फ पहिलो चरणको कोरियाली भाषा परीक्षा सकिएर दोस्रो चरणको परीक्षा भइरहेको छ। पहिलो चरणमा ६ हजार ३२१ जना उत्तीर्ण भएका थिए। ४० हजार ५८० जना सहभागी भएकोमा ६ हजार ३२१ जना उत्तीर्ण भएका हुन्। उक्त परीक्षा गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको थियो।

दोस्रो चरणको परीक्षा वैशाखबाट सुरू भइसकेको छ। यसमा ८० हजार सहभागी हुनेछन्। तेस्रो चरणको परीक्षामा ३६ हजारको सहभागिता हुनेछ।

कोरियाले सन् २०२४ मा एक लाख ६५ हजार आप्रवासी श्रमिकहरू लैजाने उल्लेख गरेको छ। नेपालसहित विभिन्न १६ वटा मुलुकबाट कोरियाले इपिएसमार्फत् श्रमिकहरू लैजाँदै आएको छ। नेपालबाट १५ हजारभन्दा धेरै श्रमिक लैजाने अनुमान गरिएको छ।

कोरियाले इपिएसमार्फत् श्रमिक लैजान २००७ मा समझदारी गरेको थियो। सन् २००८ बाट नेपाली श्रमिक यो प्रणालीमार्फत् लैजाँदै आएको छ। यो प्रणालीमार्फत् एक लाख २० हजार हाराहारी नेपाली श्रमिक कोरियामा पुगिसकेका छन्। ५० हजार भन्दा बढी हाल कार्यरत रहेको अनुमान छ।

बुधबार, असार १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल
‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

भर्खरै

  • १.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • २.
    सामूहिक प्रयासमा फूलखेती

  • ३.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ४.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • ६.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ७.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ८.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.