• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  •   बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित

काठमाडौं । सफलताका साथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक भएको छ। निर्माण टोलीले बाँसुरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।

‘कबड्डी’ शृङ्खलाका मुख्य पात्र काजी अर्थात् दयाहाङ राईको यात्राबाट प्रेरित गीतमा उनको चरित्रका भावनात्मक उतारचढाव, अन्तर्विरोध र मानवीय संवेदनालाई प्रस्तुत गरिएको छ। बाहिरबाट जिद्दी र अप्रत्याशित स्वभावका देखिने काजीको मनभित्र लुकेका भावना र संवेदनालाई गीतले उजागर गरेको छ।

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा आशिष चित्रकारले गितार तथा अर्गन, सरिन बज्राचार्यले ड्रम्स र कृष्ण लिम्बूले बास गितारमा साथ दिएका छन्। अमूल्य श्रेष्ठले अडियोसक स्टुडियोमा गीत रेकर्ड गरेका हुन् भने बिजु कर्माचार्य रेकर्ड प्रोड्युसरका रूपमा रहेका छन्। गीतको अडियो मिक्सिङ रिकेश गुरुङले गरेका छन्।

यसअघि सार्वजनिक ‘थाक खोला’ गीतले पनि दर्शकमाझ राम्रो चर्चा बटुलेको थियो। कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको उक्त गीतमा काजी र उनका तीन सोल्टिनी मैयाँ (रिश्मा गुरुङ), मिस शान्ति (मिरुना मगर) र सिर्जना गुरुङबीचको रमाइलो नोकझोक तथा प्रेमसम्बन्धको अन्योललाई रोचक ढंगले प्रस्तुत गरिएको छ। थकाली परिवेश र मौलिक नेपाली स्वाद समेटिएको गीतले चलचित्र प्रदर्शनअघि नै दर्शकमाझ उत्साह बढाएको थियो।

गीतसँगै चलचित्रले पनि हलमा उत्साहजनक व्यापार गरिरहेको निर्माण पक्षको दाबी छ। कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको ‘कबड्डी ५’ले मंगलबारसम्म ७ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको निर्देशक रामबाबु गुरुङले बताएका छन्। चलचित्रले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको र अधिकांश शो हाउसफुल भइरहेको निर्माण पक्षको भनाइ छ।

निर्देशक रामबाबु गुरुङकै कथा तथा निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राईलगायत कलाकारको अभिनय रहेको छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन्। नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक भएसँगै चलचित्रको प्रचारप्रसारले थप गति लिने अपेक्षा गरिएको छ।

बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु
एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • २.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ३.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ६.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ७.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ८.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.