• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

भारी वर्षाले विराटनगरको जनजीवन प्रभावित

  •   बुधबार, असार १३, २०८१ मा प्रकाशित

मंगलबार रातिबाट सुरु भएको भारी वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । डुबानका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ ।

पछिल्लो ७ घण्टा विराटनगरमा लगातार भारी वर्षा भएको थियो । पानीको निकास नहुँदा सहर र नगरका ग्रामीण क्षेत्रमा पानी जमेको छ । बस्ती क्षेत्रमा जमेको पानीले पक्का घरभित्र पानी पसेको छ भने खोलाको सतह बढ्दा खोला किनारका बस्तीहरु जोखिममा परेका छन् ।

बजार क्षेत्रका अधिकांश बाटोमा पानी भरिएका कारण हिंडडुल गर्न समस्या भएको छ भने कच्ची घरहरुमा पानी पसेर सर्वसाधारण समस्यामा परेका छन् । वर्षाको कारण केसलिया खोलाको बाढी विराटनगर १२ को बखरी, दरैया, बराहाटोल, मलौना, सिमराहीका दुई दर्जन घर डुबानमा परेका छन् । विराटनगर १२ का वडा सदस्य कुशेश्वर राजवंशीले डुबानमा परेका घरका परिवारहरुलाई नजिकै रहेको सामुदायिक भवन र बखरी स्कुलमा राखिएको जानकारी दिनुभयो ।

केसलिया खोला भरिएर पानी बस्तीमा पसेका कारण दक्षिण पश्चिममा रहेको केही बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । खोलाको बाढी बस्तीमा पसेपछि स्थानीहरु त्रासमा परेका छन् ।

लगातारको वर्षाका कारण खोलाहरुमा आएको बाढीले विराटनगरका ४, ५, ६, ८, १२, १५, १६, १७, १८ का केही बस्तीका घरहरु डुबानमा परेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

विराटनगरमा डुबानको समस्या देखिए पनि अहिलेसम्म कुनै मानवीय क्षति भएको सूचना नआएको प्रहरीले जनाएको छ । प्रहरी,  स्थानीय युवाहरु जनप्रतिनिधिहरु डुबानबाट प्रभावितहरुलाई सहयोग गर्न विभिन्न ठाउँमा खटिएका छन् ।

विराटनगर महानगरपालिकाके विपद् प्रतिकार्य टोली बिहानैदेखि बन्द भएको नाला तथा पैनी खोल्न विभिन्न वडामा जेसिभी लिएर पुगिरहेको सरसफाइ तथा वातावरण शाखाका अधिकृत पुनम दाहालले जानकारी दिनुभयो ।

विराटनगरको मुख्य बजार क्षेत्रमा पर्ने मुनालपथ, भृकुटी चोक, नेपाल आयल निगम क्षेत्र, दुग्ध विकास संस्थानको आयोजनास्थल जलमग्न बनेका छन् । दुग्ध विकास संस्थान विराटनगर आयोजनाका प्रमुख परमेश्वर चौधरीले कार्यालयको तल्लो तलामा पानी पसेर लेखाका महत्वपूर्ण फाइलहरु भिजेको र कार्यालयको काम प्रभावित भएको जानकारी दिनुभयो । एक घण्टायता भने विराटनगरमा वर्षा केही कम भएको छ । तीन चार घण्टा वर्षा रोकिएमा अधिकांश डुबान क्षेत्रको पानी कम भई केही सहज अवस्था आउने अधिकृत पुनम दाहालले जानकारी दिनुभयो ।

बुधबार, असार १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल
‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

भर्खरै

  • १.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • २.
    सामूहिक प्रयासमा फूलखेती

  • ३.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ४.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

  • ५.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • ६.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ७.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ८.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.