• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

  •   शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित

नारायण ढुङ्गाना
वैशाख १० ,काठमाडौं । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ ।

सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।

निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको गृह मन्त्रालयले जनाएको छ । केही सुरक्षा शक्तिलाई तयारी अवस्थामा राखिएको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षा प्रबन्ध प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

गृहमन्त्री खाणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले त्यसमा कुनै पनि कसर बाँकी नराखी कार्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रुपमा सम्पन्न गराउने विषयमा सुरक्षा अधिकारीले गृहमन्त्री समक्ष निर्वाचन सुरक्षा योजनाबारे ‘व्रिफिङ’ पनि गरिसकेका छन् ।

यसपटकको निर्वाचनमा नेपाल प्रहरीले ६५ हजारभन्दा बढी जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्ने गरी आवश्यक रणनीति तयार पारेको छ । नेपाली सेनाका ७१ हजार जनशक्ति निर्वाचनमा खटिने छन् । सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा खटिने छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातारण तयार पार्ने गरी प्रहरीले निर्वाचन सुरक्षा रणनीति बनाएको बताउँछन् । सरकारले सबै सुरक्षा निकायको सहभागिता रहने गरी एकीकृत सुरक्षा योजना बनाएको छ । निर्वाचनमा सबै सुरक्षा निकायको संयुक्तरुपमा काम हुनेछ । त्यसका अलावा हरेक सुरक्षा निकायले आआफ्नै आन्तरिक रणनीति पनि तयार पारेका छन् ।

निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले काम गर्ने केसीले बताए । विभागलाई भने सूचना सङ्कलनमा मुख्य जिम्मेवारी छ ।

यसपालि कुनै आपराधिक समूहको गतिविधि नदेखिएको र विद्रोही समूहसमेत नरहेकाले पनि सुरक्षामा ठूलो बाह्य चुनौती नदेखिएको सुरक्षा संयन्त्रको निष्कर्ष छ तर पनि दलहरुबीच आन्तरिक तथा अन्तरदलमा हुनसक्ने विवाददेखि तर्साउने, धम्क्याउने, उमेदवार तथा मतदातामाथि आक्रमण र प्रत्याक्रमणका घटना हुनसक्छन् ।

दलका नेतामाथि आक्रमण तथा कार्यकर्ताबीच झडप हुनसक्ने सम्भावना कायमै रहेकाले त्यसतर्फ सुरक्षा निकायको बढी ध्यान रहेको सुरक्षा अधिकारीको भनाइ छ ।

“यसपालि ठूलो थ्रेट केही छैन, उही भौगोलिक अवस्था, चुनावमा हुनसक्ने राजनीति दलको प्रतिष्पर्धा र झडपलगायत चुनौती हुनसक्छ, हरेक चुनौती आकलन गरेर योजना बनाइएको छ”, प्रवक्ता केसीले भने । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र अधिकांश स्थानीय तह तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । अयोगले निर्वाचन सामग्री जिल्ला जिल्लामा पठाउन थालिसकेको छ । त्यसैले पनि जिल्लामा सुरक्षा कडा पार्न थालिएको छ ।

आयोगले निर्वाचनको पर्यवेक्षणका लागि ४४ संस्थालाई अनुमति दिने निर्णय गरिसकेको छ । ती संस्थाबाट १० हजार पर्यवेक्षक खटिने छन् । मतपत्र छपाइको क्रम तीव्र पारिएको छ । आयोगका अनुसार एक करोड ९४ लाख मतपत्र आवश्यक पर्छन् ।

यसपालि निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशिल भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।

नेपाली सेनाको निर्वाचन सुरक्षा

नेपाली सेनाबाट ७१ हजार जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा खटाइएको छ । त्यसमध्ये आवश्यकताका आधारमा तोकिएका क्षेत्रमा सेना खटिइसकेका र अन्य तयारीमा रहेका नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ । आजबाट निर्वाचन अयोगमा खडा हुने सेलमा समेत सेना खटिइसकेको छ ।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवाल मतपत्र छपाइस्थलमा सेनाको टोली तैनाथ भइसकेको र मतपत्र ढुवानी तथा मतपेटीका सुरक्षाको जिम्मेवारी पनि सेनाकै रहेको बताउँछन् ।

सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिँदै आएको कारागारलगायत महत्वपूर्ण प्रतिष्ठानको सुरक्षामा समेत सेना खटिइसकेको छ । पहिले नै सेनाले ३४ कारागारको सुरक्षा जिम्मा लिइसकेको थियो । बाँकीको जिम्मा समेत सेनालाई दिइएको छ । विष्फोटक पदार्थ निस्तेज टोलीसमेत तयारी अवस्थामा रहेको र एकीकृत सुरक्षा योजनाअनुसार तथा जिल्ला सुरक्षासमितिको समन्वयमा फौजसँगै खटिनेछ ।

“जुनसुकै स्थानमा आवश्यक परेको खण्डमा बढीमा ३० मिनेटभित्रमा सेना आइपुग्ने गरी फोर्स तैनाथ रहन्छन्”, सहायक रथी सिलवालले भने, “त्यसका अलावा अन्य बाह्य सुरक्षाको जिम्मासमेत सेनाकै छ । उनका अनुसार विभिन्न क्षेत्रमा हेलिकप्टरसहितको टोली तयारी राखिने छ । दुर्गममा मतपत्र, मतपेटीका ल्याउने÷लैजाने काम पनि हेलिकप्टरबाटै हुनेछ । गृमन्त्रालयको शुक्रबारको बैठकले निर्वाचनको प्रयोजनार्थ आवश्यक परे निजी हेलिकप्टरको समेत प्रयोग गर्ने निर्णय गरिसकेको छ ।

अहिले सेनाले सूचना सङ्कलन, मतदानस्थलको रेखी तथा निरीक्षण अध्ययनसमेत गरिरहेको छ । सेनाले सबै सैनिकलाई मानवअधिकार र मानवीय तालिम प्रदान गरी सबैलाई प्रशिक्षितसमेत गरिसकेको छ । स्थानीय सुरक्षा समितिको समन्वयमा निर्वाचन क्षेत्रमा सैनिक थपघट हुनेछन् ।

सशस्त्र प्रहरीको यस्तो छ निर्वाचन केन्द्रित सुरक्षा

सशस्त्र प्रहरी बल नेपालले ३२ हजार जनशक्ति निर्वाचन सुरक्षामा खटाउनेमा आवश्यक क्षेत्रमा यसअघि नै खटाइसकेको छ । त्यसमा मोबाइल गस्ती, स्टाइकिङ टोली समेत पर्छन् । दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतकको सुरक्षा गर्छन् ।

जिल्ला कमाण्ड पोष्ट, निर्वाचन सेलमा समेत सशस्त्रको टोली खटिनेछ । सशस्त्र अनुगमन टोलीमा समेत सहभागी हुनेछ । सशस्त्रको टोली युनिट रिजर्वमा समेत रहेका सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विदुर खड्काले जानकारी दिए ।

“हामीले ३२ हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षाका लागि तयार पारेका छौँ, कतिपय खटिइसके, केही जाने तयारीमा छन्”, उनले भने, “आवश्यक क्षेत्रमा, आवश्यक मात्रामा र आवश्यताअनुसार टोली परिचालन भएका छन् र हुन्छन् ।”

बाहिनीस्तरीय निर्वाचन सुरक्षा अभ्यास सम्पन्न गरी टोली परिचालन भइसकेको उनले बताए । सशस्त्रको केन्द्रिय निर्वाचन सेल डीआईजीको नेतृत्वमा गठन भएको छ । त्यसले निर्वाचनमा टोली परिचालनको काम गर्नेछ ।

कार्य क्षेत्रमा म्यादी प्रहरी

निर्वाचन प्रयोजनार्थ भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि कार्य क्षेत्रमा खटिइसकेका छन् । उनीहरुलाई नेपाल प्रहरीसँगै रहेर काम गर्ने गरी निर्वाचन सुरक्षामा खटाइएको हो । प्रहरी प्रवक्ता केसीका अनुसार चुनावका बेलामा मतदाताको लाइन मिलाउने, अनावश्यक मान्छे छिर्न नदिने, भिडभाड रोक्ने, नेपाल प्रहरीले लगाए÷अह्राएको काम गर्ने जिम्मेवारी म्यादी प्रहरीको हो ।

त्यसअघि निर्वाचन पूर्व हुने आवश्यक तयारी, मतदान अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय क्षेत्र तथा आवश्यक निर्वाचनका गतिवधि सञ्चालन हुने स्थानका सुरक्षामा म्यादी प्रहरी खटाइएको छ ।

यसका अलावा राजनीतिक दलका गतिविधि हुने स्थान तथा तोकिएका सार्वजनिक क्षेत्रको सुरक्षामा समेत सुरक्षा संयन्त्रले निगरानी बढाउन थालिसकेका छन् ।

शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल
एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • २.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ३.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ४.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ५.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • ७.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ८.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.