• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • १०. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

‘श्रीयन्त्र’ नेपालको सांस्कृतिक प्रतीक : राष्ट्रपति

  •   शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित

नारायण ढुङ्गाना

वैशाख १० ,काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले वास्तुविज्ञ तथा राष्ट्रिय झण्डाको वर्तमान स्वरुपका ‘डिजाइनर’ शङ्करनाथ रिमालको श्रीयन्त्रमा समेटिएका पक्षहरू पूर्वीय दर्शनका प्रत्यक्ष प्रमाण भएको बताउनुभएको छ ।

मुलुकको सांस्कृतिक धरोहर वास्तुकलाका ज्वलन्त नमूना भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले ‘राष्ट्रिय सम्पदाको वास्तु ‘डिजाइनर’ रिमालको गहन अनुसन्धानको फलस्वरुप सिर्जना भएको उक्त कृति समाजका निम्ति महत्वपूर्ण दस्तावेज हो’ भन्नुभयो ।

राष्ट्रपति भवन शितलनिवासमा आज शशी–शङ्कर कलालयद्वारा आयोजित रिमालको कृति ‘श्रीयन्त्र’ दस्तावेज समर्पण समारोहमा राष्ट्रपति भण्डारीले हिन्दूहरूका आराध्ययदेश पशुपतिनाथ, प्रसिद्ध तलेजु भवानीको मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदामा श्रीयन्त्रद्वारा विभूषित गर्ने परम्परा भएबाट श्रीयन्त्र मुलुकको सांस्कृतिक प्रतीकको रूपमा रहेको कुरा महसुस गर्न सकिने बताउनुभयो ।

उहाँले समृद्धिको यात्रामा रहेको मुलुकको भौतिक पूर्वाधार विकास गर्दा त्यसमा मौलिकता झल्काउँदै सुदृढ बनाउनसमेत सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । रिमालले आफ्नो पुस्तकमा प्राचीन धर्म र आधुनिक इञ्जीनियरिङको संयोजन गर्नुभएको आफूले पाएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

“यसले एकातर्फ भौतिक संरचना बलिया हुन्छन् भने अर्कातर्फ हाम्रो विशिष्ट पहिचान विस्तार गर्न सफलता मिल्ने छ, फलस्वरुप जीवनलाई समृद्धितर्फ अग्रसर बनाउन थप मद्दत मिल्ने विश्वास छ”, समारोहमा राष्ट्रपति भण्डारीले भन्नुभयो ।

उहाँले उक्त कृतिउपर वौद्धिक समुदायमा हुने छलफल र अन्तक्र्रियाले लेखकलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले श्रीयन्त्रको व्याख्या गणितीयरूपमा प्रस्तुत गरिएको पुस्तक अध्ययन अनुसन्धान तथा विश्वविद्यालयका अनुसन्धानकर्ता र जिज्ञासुहरूका लागि सहयोगी हुने विस्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले हाम्रा सम्पदा निर्माणको डिजाइनमा नेपाली संस्कृति र संस्कारको परिचय विश्वस्तरमा प्रवद्र्धन गर्न रिमालजस्ता विद्धान लागिपर्नुले मौलिक वास्तुकलाको महत्व संसारभर पु¥याउन योगदान पुग्ने आशा व्यक्त गर्नुभयो ।

पुस्तकबारे टिप्पणी गर्दै एक हजार आठ स्वामी रमणानन्द गिरीले संसार सञ्चालन भएको शिव र शक्तिको समरस्यको प्रतीक श्रीयन्त्र सृष्टि, स्थिति र संहारको मूल स्वरुप भएको अथ्र्याउनुभयो । ऋकवेददेखि नै श्रीयन्त्रको उपासना हुने गरेको जानकारी दिँदै उहाँले लेखक रिमालले वर्षाैँ लगाएर श्रीयन्त्रको ज्यामितीय अनुपात निकाल्नुभएकामा खुसी व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले जगत्का सृष्टिसम्बन्धी साङ्केतिक प्रस्तुति श्रीयन्त्र भएको र यसभित्र नौ त्रिकोण संलग्न भएको जानकारी दिनुभयो । उहाँले जगत्को सृष्टिसम्बन्धी साङ्केतिक प्रस्तुतिकरण नै श्रीयन्त्र भएको र उत्पत्ति नै नेपालबाट भएको बताउनुभयो । नेपालको परम्पराबाट पश्चिमाहरूले सिकेको बताउँदै उहाँले नेपालीहरूले त्यो कुरा विश्व जगत्लाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्र, तन्त्र र यन्त्र नेपालबाटै उत्पत्ति भएको भन्ने कुरा विश्व जगत्लाई अझै बुझाउन सकिएको छैन । नेपालको मन्दिरको निर्माण शैली प्यागोडाका प्रसिद्ध वास्तुविद् लेखक इञ्जीनियर रिमाल सफल चित्रकार पनि हुनुहुन्छ । उहाँले विशेष अनुसन्धान गरी श्रीयन्त्रको वृत्त, रेखा, कोण र मर्मस्थानको ज्यामितीय अनुपातको निक्र्योल गर्नुभएको हो ।

पश्चिमा अध्यताहरूले श्रीयन्त्रबारे विभिन्न आशङ्का र प्रश्न उठाएका र ज्यामितीयरूपमा श्रीयन्त्रको निर्माण सम्भव नभएको टिप्पणी गरेको सन्दर्भमा उहाँले नेपालको पहिचान बोक्ने विशिष्ट सोधग्रन्थ ल्याउनुभयो ।

श्रीयन्त्रमा शिवका चार र शक्तिका पाँच त्रिकोण हुन्छ । विश्व सम्पूर्ण संस्था र शिवशक्तिमय छ । शिव भनेको प्रकाश हो र शक्ति भनेको विमर्श हो । तिनीहरूबीच चन्द्र र चन्द्रिकाको जस्तै अभेद्य सम्बन्ध रहेको बताइन्छ । त्यही सृष्टिको रहस्यलाई प्रकट गर्ने उद्देश्यले श्रीयन्त्रको रचना गरिएको मानिन्छ ।

श्रीयन्त्र आध्यात्मिक रहस्यले भरिपूर्ण रहेको छ । शिव र शक्तिको मुलुक नेपाल भएकाले श्रीयन्त्रको मूल पनि नेपाल हो भन्न सकिन्छ । यो कुरा विश्वलाई बुझाउनुपर्ने आवश्यकता विज्ञहरूले महसुस गरेका छन् । रिमालले विश्वलाई श्रीयन्त्रको निर्माणसम्बन्धी ज्यामितीय अनुपात दिनुभएको छ । नेपालबाटै उत्पत्ति भएको मन्त्र, तन्त्र र यन्त्रको गौरवमय परम्परालाई विश्व जगत्मा प्रचार गर्नु जरुरी छ । यसले प्राचीन ऋषिहरूको अकल्पनीय गणितीय क्षमतालाई समेत उजागर गरेरका स्वामी रमणानन्द गिरीले उल्लेख गर्नुभएको छ ।

समारोहमा लेखक तथा वास्तुविज्ञ रिमालले पुस्तकरूपी दस्तावेजले श्रीयन्त्रको गणितीय पक्षलाई समेटेको बताउनुभयो । विगतमा यसको संरचना र स्वरूपमा प्रश्न उठ्ने गरेकाले पहिलोपटक आफूले त्यसको व्याख्या गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यथार्थ र वैज्ञानिकरूपमा शुद्ध स्वरुपको श्रीयन्त्र पुस्तकमा समावेश गरेको छु ।”

शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल
एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • २.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ३.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ४.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ५.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • ७.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ८.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.