काठमाडौं ,साउन २३
बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त हुनुभएको छ ।नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गर्नुभएको हो । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको थियो ।
यस अघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खोलिदिनुभएको थियो ।८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाउनुभएको थियो ।
बंगलादेशमा सोमबार भएको हिंसात्मक झडपमा सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ, जसलाई प्रदर्शन सुरु भएदेखिकै सबैभन्दा घातक दिनको रुपमा लिईएको छ ।
तपाईको प्रतिक्रिया


