• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ८. एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ९. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • १०. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

हालसम्मका हेलिकोप्टर दुर्घटना र मृत्यु

  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित

काठमाडौं ,साउन २४
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तिन मिनेटमै एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा विमानस्थलबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको नाइन एन–एजेडी कलसाइन हेलिकोप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका–७ मा दुर्घटना हुँदा हेलिकोप्टर चालकसहित चार जना चिनियाँ नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा हेलिकोप्टर चालक अरुण मल्ल र चिनियाँ नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झि जेमिङ रहनुभएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार एयर डाइनेस्टीसँग चार वटा हेलिकोप्टर रहेका थिए । विमानस्थलका प्रवक्ता सुवास झाले भन्नुभयो, “हेलिकोप्टर राडारबाट सम्पर्कविहीन भएलगत्तै खोजतलास सुरु गरियो । लगत्तै नेपाली सेनाबाट दुर्घटनामा परेको खबर आएपछि उद्धार तथा खोजतलासको टोली घटनास्थल पुगेको थियो । दुर्घटनास्थलको भौगोलिक अवस्था अनुसार खराब मौसमका कारण दुर्घटना भएकोजस्तो शङ्का गरिए पनि छानबिनपछि कारण खुल्ने छ ।”

शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको र भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुर्घटनास्थलमा ठुला रुख छैनन् । हेलिकोप्टर कुनै पहाडमा ठोक्किएजस्तो पनि देखिँदैन । दुर्घटनास्थल खोँचजस्तो ठाउँमा भएकाले उडानक्रममा उचाइ लिन नसकेको हो कि भन्ने शङ्का छ ।” नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले मृतक पाँच जनाकै शव सङ्कलन गरेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याएको उहाँले जानकारी दिनुभयो ।

छानबिन समिति गठन

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिन गर्न सरकारले तिन सदस्यीय छानबिन समिति गठन गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद् बैठकले तिन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखा प्रमुख तनुजा पोखरेलसहितको छानबिन समिति गठन गरेको हो । समितिलाई प्रतिवेदन तयार गर्न ३० दिनको कार्यादेश दिइएको छ ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना भएकोमा दुःख व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि सो भेटघाटलाई सङ्क्षिप्त बनाएर मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको थियो । प्रधानमन्त्री ओलीले हवाई दुर्घटना हुनु दुःखद भएको बताउनुभएको छ ।गोरखापत्र बाट साभार

बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा
‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
सकियो अर्णव चक्रवातको असर
एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित
आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

भर्खरै

  • १.
    सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा

  • २.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ३.
    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

  • ४.
    सकियो अर्णव चक्रवातको असर

  • ५.
    एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

  • ६.
    आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

  • ७.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ८.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.