तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ ।
शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो । भारतीय बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बस नदीमा आधा डुबेको छ र आधा तैरिरहेको छ अवस्थामा थियाे।
अहिले उद्धार कार्य जारी छ।
तपाईको प्रतिक्रिया


