वैशाख ११ ,भरतपुर । बैशाख ३० गते हुने निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखको लागि १४ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । पहिलो दिन भरतपुर महानगरपालिकामा प्रमुखको लागि ११ जनाले र उपप्रमुखको लागि ३ जना उपमेयर पदमा नोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आइतबार प्रमुखको लागि ११ जनाले मनोनयन दर्ता गर्दा उनीहरूमध्ये ६ जनाले राजनीतिक दल र ५ जनाले स्वतन्त्रतर्फबाट गराएका छन् ।
पहिलो उम्मेद्वारी नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले उम्मेद्वारी दर्ता गराएका थिए । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुन मगर, उन्नत लोकतान्त्रिक पार्टीबाट दिपेन्द्र बास्तोला, मौलिक जरोकिलो पार्टीबाट विनोद कुमार गिरी र नेकपा (माले)बाट सूर्यप्रसाद रेग्मीले मेयर पदमा मनोनयनपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए ।
यस्तै स्वतन्त्र तर्फ मेयर पदमा भरतपुर–११ का रुद्रप्रसाद सापकोटा, भरतपुर–१ का यामकान्त शर्मा कंडेल, भरतपुर–१ का रामकृष्ण ओझा, हरिशचन्द्र घिमिरेले मनोनयनपत्र दर्ता गराएका छन् ।
यस्तै भरतपुरको उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापा मगर, मंगोल नेशनल अर्गनाईजेशनबाट सुष्मा तामाङ र नेकपा (माले)बाट इन्दिरा शर्मा गौलीले मनोनयनपत्र दर्ता गराएको कार्यालयले जनाएको छ । भोलि सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल लगायतले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।


