वैशाख १५ ,भरतपुर ।भरतपुर महानगरको मेयरको उम्मेदवार रेनु दाहालले नारायणगढको कमलनगरमा भएको आगलागीको अनुगमन गर्नुभएको छ ।उहाँले पीडितलाई क्षतिपूर्तिको लागि सम्वन्धित निकायमा पहल गर्ने वचन दिनुभएको छ ।उहाले जनताको सुख दुखमा आफू सधै साथमा रहने वताउनुभएको छ ।
आज विहान २ बजे कमलनगर स्थित तुल्सिराम सापकोटाको चार तल्ले घरमा आगलागी हुंदा करोडौंको क्षति भएको छ ।आगलागीबाट सो घरमा सञ्चालनमा रहेका पहिलो तल्लाका पसलहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।आधिकारिक तथ्यांक आउन बाँकी रहेको भए पनि ६ वटा पसलमा भएको आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।
अचानक आगो लागि भएको भन्ने सुचना प्राप्त हुनासाथ नेपाली सेनाको दमकल, भरतपुर महानगर, खैरहनी नगरपालिका, कावासोतीको दमकल प्रयोग गर्नुका साथै स्थानीय बासिन्दा, सुरक्षाकर्मी, लगायतको सहयोगबाट आगलागी फैलनबाट रोकिएको थियो ।



