• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

यस पटक नेपाली सयपत्री मात्र

  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित

काठमाडौं ,कार्तिक १३
तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारतबाट आयात नहुने भएको छ । अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको छ । सरकारले नेपाल–भारत सिमानासँगै जिल्लास्थित क्वारेन्टाइन चेकपोस्टहरूमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थान केन्द्र, काठमाडौँ महानगरपालिका र जिल्लास्थित क्वारेन्टाइन केन्द्रका विज्ञहरूले धमाधम त्यस्ता अवैध फूल नियन्त्रणमा लिएर नष्ट गर्न थालेको हो । केन्द्रका सूचना अधिकारी प्रकाश पौडेलका अनुसार तीन दिन यता भारतबाट भित्रिँदै गरेका २२ ट्रक भारतीय फूल नष्ट गरिएको छ । सोमबार मात्र हेटौँडामा एक ट्रक फूल नष्ट गरिएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले फूल नेपाल ल्याउनका लागि भारत सरकारको सरोकारवाला निकायसँग सोह्र किसिमका रोगकिरा मुक्त भएको प्रमाणपत्र चाहिने सर्त राखेको छ ।

उहाँले भन्नुभयो, “तीन दिनअघि मात्र फोनमा कुरा भएको छ तर उहाँहरूबाट नेपालको सर्त पूरा गर्न सक्दैनौँ भन्ने जवाफ आएको छ ।” त्यसो हुँदा नेपालमा भारतबाट आउने फूल अवैध हो । यही कारण नेपालको सीमानाकाबाट आउन आयात अनुमतिपत्र जारी नगरिएको केन्द्रले जनाएको छ ।

जथाभाबी विषादी प्रयोग गरेर उत्पादन गरिएका भारतीय सयपत्री फूलमा हानिकारक भाइरस र रोगकिरा रहेको विगतका अनुसन्धानले देखाएको छ । जसले नेपालमा खेती भइरहेको फूलहरूको आनुवंशिकता र फूल फुल्ने क्षमता पूरा नष्ट गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रमुख मार्गबाट फूल ल्याउन नपाएपछि चोरनाका हुँदै फूल भित्र्याउन थालिएको छ । त्यसरी ल्याइएका फूलहरू कतिपय अवस्थामा नेपाली बिचौलिया मिलेर नेपालको भ्याट बिलसमेत काटेर वैध बनाउने प्रयास भएको पाइएको उहाँले बताउनुभयो । कृषि र फूलजन्य सामग्री आयात गर्दा भ्याट नलाग्ने व्यवस्था छ ।

काठमाडौँका शीतभण्डारमा अवैध फूल

चोरबाटो हुँदै काठमाडौँमा बिक्रीका लागि राखिएको २७ लाख रुपियाँ बराबरको अवैध भारतीय फूल शीतभण्डारमा भेटिएको छ । केन्द्र र काठमाडौँ महानगरको पहलमा बालाजुका तीन शीतभण्डारमा भेटिएका अवैध सयपत्री ‘सिल’ गरिएको छ ।

काठमाडौँ महानगरका अनुसार बालाजुको कोहिनुर कोल्ड स्टोरमा २९९ पोका र क्वालिटी कोल्ड स्टोरमा ८० पोका फूल फेला परेको महानगरले जानकारी दिएको छ ।

तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग नेपालमा उच्च हुने गर्छ । काठमाडौँका विभिन्न सतचालिस स्थानबाट सयपत्री र मखमली फूल तथा माला बिक्री गर्ने व्यवस्था मिलाइएको छ । देशभरमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाका सयपत्री र मखमली फूलको खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । देशभरमा झन्डै पचास लाख रुपियाँभन्दा बढीको फूलको कारोबार तिहारको समयमा हुने गर्छ । काठमाडौँमा त्यसको ६० प्रतिशत फूल खपत हुन्छ ।

काठमाडौँका भाटभटेनी, काठमाडौँ मल, साल्ट ट्रेडिङलगायतका सबै सपिङ मलका खुला स्थानमा फूल बिक्री हुने छन् । त्यस्तै सङ्कटा चोक, कालीमाटी, कलङ्की चोकलगायतका सामुदायिक र सार्वजनिक स्थलहरूमा पनि फूल बिक्री गरिने भएको छ । तिहारको पहिलो दिन कागतिहारदेखि भाइटीकाको बिहानसम्म किसानहरू आफैँले तोेकिएका स्थानहरूमा फूल बिक्री गर्न सक्ने छन् । विगतमा भारतबाट अवैध रूपमा आयात हुने सयपत्री फूलले नेपाली किसानले लगाएको फूल विस्थापित हुँदा किसानहरू मर्कामा पर्ने गरेको फ्लोरिकल्चर एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष भारतीय फूलका कारण नेपाली किसानले फूल फाल्दै रुनु परेको थियो, यसपाला सुरुदेखि नै कडाइ भएकाले त्यस्तो नहुने आशा छ ।” अहिले गरिएको कडाइले नेपालमा व्यावसायिक रूपमा फूल खेती गर्ने किसानहरू फेरि फूल फुलाउन फर्कने वातावरण बनेको तामाङ औँल्याउनुहुन्छ । गत वर्ष लगानी खेर गएपछि धेरै किसानले यस वर्ष फूल खेती गरेनन् । जसका कारण अभाव हुने हो कि भन्ने आशङ्का पनि रहेको उहाँ दाबी गर्नुहुन्छ ।चाँदनी हमाल

मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.