• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

अदालत पुग्यो ‘एक्टर’ विवाद, प्रदीपको फिल्मको रिलिज रोक्न माग

  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित

गत माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’ र यही बुधबारबाट प्रदर्शन हुन लागेको ‘एक्टर : टेक वन’को नाम विवाद अदालत प्रवेश गरेको छ ।

फिल्म रिलिजपूर्व ‘हामी नै असली एक्टर हौं’ भन्दै पत्रकार सम्मेलन गरेका निर्माताले आइतबार अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका छन् ।

‘एक्टर’को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले अदालतमा दर्ता गरेको रिटमा प्रतिलिपि अधिकार बमोजिम कारबाही गरेर क्षतिपूर्ति दिन आदेश माग गरिएको छ । उनले रिटमा बौद्धिक सम्पत्ति चोरी गरेर ‘एक्टर’ नाममा अर्को फिल्म बनाउने कार्य अनैतिक रहेको र यसबाट आफूलाई धेरै क्षति हुने अवस्था रहेको उल्लेख गरेका छन् ।

‘विपक्षीहरुको कार्यले मेरो फिल्मको विषयमा आम दर्शकहरुका माझ भ्रमको अवस्था सिर्जना भई मेरो फिल्मले तत्काल आशातित व्यवसाय गर्न नसकेको अवस्था छ भने मैले निकट भविष्यमा विदेशमा चलचित्र प्रदर्शन गर्ने योजना बनाएकोमा विपक्षीहरुको कार्यले मलाई धेरै क्षति हुने अवस्था छ,’ रिट निवेदनमा ‘एक्टर : टेक वन’को नाम परिवर्तन गर्न समेत आदेश माग गरिएको छ ।

साथै, रिटमा मुद्धाको अन्तिम किनारा नलागेसम्म फिल्मको प्रदर्शन रोक्न माग गर्दै भनिएको छ, ‘विपक्षीले हाम्रो नाम र कथावस्तु चोरी गरि निर्माण गरेको ‘एक्टर’ यही माघ १६ गते देशव्यापी प्रदर्शन गर्ने मिति तय गरेका छन् । उक्त दिन सो चलचित्र प्रदर्शन गरेमा प्रस्तुत मुद्धाको औचित्य समाप्त हुने हुँदा, मुद्धाको अन्तिम किनारा नभएसम्म उक्त चलचित्रलाई कहीँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश जारी गरिपाउँ ।’

‘एक्टर’ बक्स अफिसमा ‘डिजास्टर’ भइसकेको छ । प्रायः हलमा दर्शक अभावका कारण फिल्मको एक शो पनि चल्न सकेन । यो फिल्मका निर्देशक मदन घिमिरे हुन् । कुनै बेला उनले निर्देशन गरेका ‘जीवनदाता’, ‘भाग्य रेखा’, ‘मिस्टर डन’ जस्ता फिल्म सफल मानिन्छन् । ‘एक्टर’मा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, मनीषा पाण्डे लगायतको अभिनय छ ।

त्यस्तै, राजन भुसालको डेब्यु निर्देशनमा तयार भएको ‘एक्टर : टेक वन’मा प्रदीपसहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । थमन भण्डारीको निर्माण रहेको फिल्मको गीत र ट्रेलरबाट राम्रो हाइप बनेको छ । तर, अर्को ‘एक्टर’का निर्माताले अदालतमा रिट दर्ता गरेकाले अब फिल्मको प्रदर्शन के हुन्छ भन्ने अन्योलता छ ।

आइतबार, माघ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.