• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

कुलमान घिसिङलाई हटाउनकै लागि कार्यसम्पादन समितिले दियो शून्य नम्बर

  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित

काठमाडौं , फागुन १९
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको कार्यसम्पादन मूल्यांकन समितिले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य नम्बर दिने निर्णय गरेको छ ।

कार्यसम्पादन मूल्यांकन समितिका संयोजकसमेत रहेका ऊर्जा मन्त्रालयका सहसचिव जिवछ मण्डलले माघ १८ गतेको पुरानो मिति राखेर घिसिङलाई शून्य नम्बर दिने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।उनलाई हटाउनकै लागि उनको कार्यसम्पादन कमजोर देखाइएको हो ।

कार्यसम्पादन सन्तोषजनक नभएमा सुरुमा केही समय सुध्रिने मौका दिनेलगायत विकल्प रहे पनि हटाउनकै लागि शून्य अंक दिइएको स्रोतको भनाइ छ । कार्यसम्पादन मूल्यांकनबारे घिसिङलाई भने अहिलेसम्म जानकारी दिइएको छैन ।

कुलमान स्वयंले भने आफूलाई ९८ नम्बर दिनुपर्ने दाबी गरी मन्त्रालयमा फाराम बुझाएका थिए । तीन वर्षको औसत निकाल्दा पनि ९५ प्रतिशत हाराहारी प्राप्तांक हुने उनको भनाइ छ ।

जिम्मेवारीबाट हटाउनकै लागि घिसिङलाई ऊर्जा मन्त्रालयले पटक पटक स्पष्टीकरण सोध्दै आएको छ । उनलाई उर्जामन्त्री दीपक खड्काले पाँच पटक स्पष्टीकरण सोधिसकेका छन् । मन्त्रालयको स्पष्टीकरणले हैरान बनेका घिसिङले पछिल्लो पटक स्पष्टीकरण माग्दै पठाएको पत्रको जवाफमा ऊर्जामन्त्रीसँग स्पष्टीकरण लिने र कारबाही गर्ने कानुनी अधिकार नरहेको तर्क गरेपछि मन्त्री खड्का झन् रुष्ट बनेका छन् । घिसिङको. पछिल्लो तर्कको विषयमा मन्त्रालयमा छलफलसमेत भएको थियो । छलफलका क्रममा मन्त्रालयले मागेको स्पष्टीकरणकै आधारमा कारबाही गर्दा उनी अदालतको आदेश लिएर पुनः बहाल हुन सक्ने निष्कर्ष निकालिएको थियो ।

स्रोतका अनुसार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई जिम्मेवारीबाट हटाउन नसकेपछि अब मन्त्रिपरिषद्बाटै स्पष्टीकरण माग्ने तयारी गरिएको छ । उर्जामन्त्री खड्काले उनलाई स्पष्टीकरण लिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेस गर्ने तयारी भएको मन्त्रालय स्रोतको दाबी छ ।

कार्यसम्पादन मूल्यांकन समितिले घिसिङलाई शून्य नम्बर दिने निर्णय गरे पनि नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ ।

प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।

गत आवको पहिलो ६ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आवको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत् बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरूबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ । प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरूबाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो । समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्ब ०३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।

प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । सोही अवधिमा १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ ।

तर, घिसिङलाई जसरी पनि हटाउने एकसूत्रीय अभियानमा लागेका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व जलविद्युत् लगानीकर्ताको हातमा छ । मेन्छियाम हाइड्रो पावर र लाङटाङ भोटेकोसीको संस्थापक अध्यक्षसमेत रहेका खड्काले ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालिरहेका छन् ।

मन्छियाम हाइड्रोपावर लिमिटेडअन्तर्गत संखुवासभामा ४.७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला–२ र ७.७० मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला १ आयोजना छ । यस्तै लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीअन्तर्गत १ सय २० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत् आयोजना छन् । लगानीकर्ता समेत रहेका खड्का गत असार ३१ देखि ऊर्जा मन्त्रालयको नेतृत्वमा छन् । उनले चाहेका भए डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउनेदेखि लगानीकर्ताहरूको हित हुने, ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाउनेलगायतका काम गर्न सक्थे । तर, खड्का काम गर्नेतर्फ लागेनन् । उनीसँग ऊर्जा विकासमा योगदान देखाउने कुनै काम देखिन्न ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का सल्लाहकारसमेत रहेका खड्का निजी क्षेत्रको समस्या हलभन्दा घिसिङसँग ‘इगो’ साधिरहेका छन् ।

उनले गत फागुन ६ गते घिसिङको अराजक गतिविधि हेरेर बस्न नसकिने भनी संसदमै भनाइ राखेका थिए । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा घिसिङलाई हटाउने प्रस्ताव नै राखे । तर अन्य मन्त्रीको विरोधका कारण सफल हुन सकेनन् । खड्काकै मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पनि पछिल्ला दिनमा घिसिङको बचाउमा उत्रेका छन् ।

ऊर्जा मन्त्रालयले कुलमानलाई हटाउन खोजेको विषयमा सोही मन्त्रालयका राज्यमन्त्री तामाङले आक्रोश व्यक्त गर्दै सरकारको मन्त्री हुँदैमा जे पायो त्यही गर्न नहुने र कुलमानलाई हटाउन नमिल्ने बताउँदै आएका छन् ।

राज्यमन्त्री तामाङले भनेका छन्, ‘अहिले कुलमानलाई हटायो भने सरकार नै अप्ठ्यारोमा पर्छ । उनीजत्तिको काम गर्न सक्ने व्यक्तिलाई सरकारले हटाउनु हुँदैन भनेर मैले भन्दै आएको छु ।’

घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन नहुने पक्षमा आफू रहेको तामाङको भनाइ छ । ‘म कुलमानलाई हटाउने पक्षमा छैन । जनताको पक्षमा काम गरेका कुलमानलाई हटाएर कसलाई ल्याउने हो र ?’

राज्यमन्त्री तामाङले कुलमानले ऊर्जामन्त्रीको घरमा गएर भाडा माझिदिनुपर्ने हो ?’ भन्ने अभिव्यक्तिसमेत दिएपछि खड्का अप्ठेरोमा परेको स्रोतको भनाइ रहेको छ । लोकपथबाट साभार

सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सौराहाको पर्यटनलाई सामाजिक सेवासँग जोड्दै ग्रीन सोसाइटी, विकट चेपाङ बस्तीमा स्वास्थ्य र शिक्षा अभियान
कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
आज कार्तिक २१ गते शनिबारको तपाइको राशिफल
चितवन राइनोजको शानदार जित, पोखरा एभेन्जर्स लगातार चौथो खेलमा पराजित
कृषाको फिल्ममा पल र प्रदीपसँग सिम्रन र जुनाको जोडी

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    सौराहाको पर्यटनलाई सामाजिक सेवासँग जोड्दै ग्रीन सोसाइटी, विकट चेपाङ बस्तीमा स्वास्थ्य र शिक्षा अभियान

  • २.
    कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

  • ३.
    कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

  • ४.
    आज कार्तिक २१ गते शनिबारको तपाइको राशिफल

  • ५.
    चितवन राइनोजको शानदार जित, पोखरा एभेन्जर्स लगातार चौथो खेलमा पराजित

  • ६.
    कृषाको फिल्ममा पल र प्रदीपसँग सिम्रन र जुनाको जोडी

  • ७.
    ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक, सोनम र उपासनाको जोडी जम्यो

  • ८.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.