काठमाडौं , चैत्र १२
अनमोल केसी, आँचल शर्मा र केदार घिमिरेले आगामी फिल्म ‘जेरी अन टप’को छायांकन सकेका छन् । ६० दिनमा हिमालपारिको जिल्ला मुस्ताङमा छायांकन सम्पन्न भएको निर्माता सरोज न्यौपानेले बताए ।
फिल्मको सबै दृश्य खिचिएपनि बाँकी दुई गीतको छायांकन भारतको दक्षिणपूर्वी सामुन्द्रीक तटीय सहर पोन्डीचेरी र अर्को गीत काठमाडौंमा हुनेछ । यसअघि भारतको लद्दाखमा खिच्ने भनिएको एक गीतको सुटिङ मुस्ताङमै गरिएको छ ।
‘छायांकनबाट सन्तुष्ट छु । यसपटक दिल खोलेरै काम भयो’ यसअघि सम्बोधन, ग्याङस्टर ब्लुजजस्ता फिल्म निर्माण गरेका न्यौपानेले भने, ‘दृश्य सबै छायांकन सकियो, बाँकी २ गीतलाई पोन्डीचेरी र काठमाडौंमा खिच्नेछौं ।’
अनन्या फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्म लभस्टोरी जनरामा निर्माण भएको हो ।
तपाईको प्रतिक्रिया


