• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

परान’ फिल्म सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण गरेँः अञ्जना बराईली

  •   बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित

चितवन, असोज ३०
कार्तिक १४ गते रिलिज हुने पारिवारिक फिल्म ‘परान’को शीर्ष भूमिकामा वरिष्ठ कलाकार नीर शाह छन् । फिल्मले जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको कथा बोल्छ ।

मूल भूमिकामा नभए पनि पछिल्लो समय नेपाली फिल्मकी व्यस्त अभिनेत्री अञ्जना बराइलले यो फिल्ममा अभिनय गर्न सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण स्वीकार गरेको बताइन् । योसँगै उनले यो फिल्म खोजीखोजी हेर्ने फिल्मको सूचिमा पर्ने बताउँछिन् ।

‘म यसमा जोडिनुको एउटै कारण यसको विषय हो। यो मैले खोजीखोजी हेर्ने फिल्मभित्र पर्छ,’ उनले भनिन्, ‘जति काम भएको छ, त्यो राम्रो भएको छ र म यो फिल्म हलमा हेर्न एकदमै उत्साहित छु। डबिङको समयमा नै मैले यो फिल्म त दशैंमै लगाउनुपर्छ भनेकी थिएँ, जब कि प्रायः म यस्तो भन्दिन।’

अञ्जनाका अनुसार दशैं–तिहार पारिवारिक माहोलका चाडपर्व भएकाले, दशैंमा राम्रो पारिवारिक फिल्म हेर्ने चाहना भएकाहरूका लागि उपयुक्त भएकै कारण उनले निर्माण पक्षलाई दशैंमै फिल्म रिलिज गर्न सुझाव दिएकी थिइन्।

‘जुन प्रकार र परिवेशमा बनेको छ, त्यो हिसाबले चाडबाडमै लगाउनुपर्ने फिल्म हो। तर हामीले भने चाडबाड सकिएपछि रिलिज गर्न लागिरहेका छौं,’ उनले भनिन्।

यो फिल्म सबै उमेर समूहका दर्शकलाई मनपर्ने अञ्जनाको दाबी छ। उनका अनुसार यसले सबै उमेरका मानिसका कुरालाई समेटेको छ। फिल्ममा शीर्ष भूमिका नीर शाहको भए पनि त्यसपछि दर्शकले याद गर्ने भूमिका आफूले गरेको अञ्जनाको भनाइ छ।

उनले आफ्नो पात्रका बारेमा भनिन्, ‘फिल्ममा म अलिक मिजासिलो पात्रमा छु। यसभित्रका विभिन्न परिस्थितिले मलाई त्यसरी प्रस्तुत गर्छ। मेरो पात्र एकदमै यादगार हुने देख्छु। मैले निर्वाह गरेको ‘रूपा’ पात्रको स्वभाव नै सम्झिने खालको छ। नीर शाह नजरमा परिहाल्नुहुन्छ, त्यसपछि म पर्छु। पात्र बलियो भएकैले म यसरी प्रचारमा हिँडिरहेकी छु।’

रिलिज मिति नजिकिँदै आइरहेको भए पनि अञ्जना उति आत्तिएकी छैनन्। उनलाई फिल्मले दर्शकको मन जित्ने पूर्ण विश्वास छ। ‘परान’ फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन्।

देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले फिल्म निर्माण गरेको हो। फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, महेश शाह र अञ्जना बराइलका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।

बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.