• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा रेकर्ड

  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित

काठमाडौँ । विपना थापा र पल शाहको मुख्य भूमिकामा निर्माण भएको चलचित्र ‘आ बाट आमा’ मा नेवारी भाषाको गीत समावेश गरिने भएको छ। फिल्ममा रहेको चर्चित गीत ‘लैजा खबर ए हावा’ लाई नेवारी भर्सनमा पनि रेकर्ड गरिएको हो।

रिलिजसँगै चर्चा बटुलिरहेको यस गीतलाई निर्देशक चन्द्र पन्त ले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा रेकर्ड गराएका हुन्। गीतको नेवारी संस्करण गायक यमन श्रेष्ठ ले गाएका छन्। बाबुल गिरीको शब्द रचनामा नेपाली भाषामा तयार गरिएको यस गीतलाई नेवारी भाषामा गाउन पाउँदा आफू अत्यन्तै खुसी भएको यमनले बताए।

‘यो गीत म युट्युबमा नियमित रूपमा सुनिरहेको थिएँ। निकै भावुक र चर्चित गीत हो,’ यमनले भने, ‘आ बाट आमाको टिमले यो गीतलाई नेवारी भाषामा पनि गाउन प्रस्ताव गर्नुभयो। शब्द आफै मिलाउन भनिएपछि मैले बुबा मदनकृष्ण श्रेष्ठ लाई नेवारी भाषामा अनुवाद गरिदिन आग्रह गरेँ। बुबाले नै नेवारी शब्द तयार गर्नुभएको हो।’

स्टुडियोमा गीत रेकर्ड गर्दा आफू निकै भावुक बनेको अनुभव यमनले सुनाए। ‘फिल्ममा दृश्य निकै रोएको देखिन्छ। नेवारीमा गाउँदा आफैँ पनि रोइएछ,’ उनले भावुक हुँदै भने।

नेपाली भर्सनमा यो गीत गायक रवि ओड ले गाएका छन्। सन्तान परदेशिन लाग्दा नेपालमा रहेका बाबुआमाको भावनालाई केन्द्रमा राखेर गीत र फिल्मको कथा बुनिएको छ।

निर्देशक पन्तका अनुसार फिल्ममा नेपालीसँगै नेवारी भाषामा पनि गीत समावेश गर्नु प्रचारशैलीलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास हो। नेवारी गीत मन पराउने दर्शक–स्रोताका लागि यो राम्रो माध्यम बन्ने उनको विश्वास छ। अन्य भाषामा पनि यो गीत रेकर्ड गर्नेबारे छलफल भइरहेको उनले बताए।

आर्या इन्टरटेन्मेन्ट को प्रस्तुतिमा बनेको फिल्ममा विपना थापा र पल शाहसँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम को संगीत रहेको छ। गीतका भिडियोमा गंभीर बिष्ट र दिलीप ओखेडा ले कोरियोग्राफी गरेका छन्। नवराज उप्रेतीको छायांकन रहेको फिल्मको संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले संयुक्त रूपमा लेखेका हुन्।

फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्। सम्पादन मिलन श्रेष्ठ ले गरेका छन् भने ट्रेलर र टिजर साहिल खान ले निर्माण गरेका हुन्।

आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्मको नेपाल प्रदर्शन अधिकार आरआर फिल्म्स सँग छ भने डिजिटल अधिकार ओएसआर डिजिटल को हातमा रहेको छ।

आइतबार, पुष २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.