• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • १०. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

रास्वपा निर्वाचन : प्रदेशगत नतिजामा कोशीदेखि सुदूरपश्चिमसम्म को-को चम्किए ?

  •   बिहिबार, असार ११, २०८३ मा प्रकाशित

भरतपुर, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको प्रदेशगत (भूगोल समूह) तर्फको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार यो नतिजा विद्युतीय भोटिङ मेसिनमार्फत खसेको मतको आधारमा तयार गरिएको हो। प्रवासमा रहेका प्रतिनिधिहरूमध्ये ४० जनाले अनलाइनमार्फत मतदान गरेका थिए, जसको मत अन्तिम परिणाममा समावेश गरिने जनाइएको छ।

सार्वजनिक परिणामअनुसार कोशी प्रदेशमा निशा मेहताले १ हजार ८६१ मत प्राप्त गर्दै सर्वाधिक मत ल्याएकी छन्। पूर्व एआईजी विश्वराज पोखरेल १ हजार ४६० मतसहित दोस्रो स्थानमा रहेका छन्। शोभा कार्कीले १ हजार २०४ मत प्राप्त गरेकी छन्। त्यसपछि कल्पना थापा (९३९), सुजाता तामाङ (८३९), लालविक्रम थापा (७८३), सयमलाल चौधरी (७५८) र प्रकाश पाठक (७४३) रहेका छन्।

मधेश प्रदेशतर्फ सुष्मा बस्नेतले १ हजार ४१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेकी छन्। सरिताकुमारी चौधरीले १ हजार २८० मत प्राप्त गरेकी छन् भने नमिता यादवले १ हजार ११९ मत ल्याएकी छन्। मञ्जु सिंह (१,०१३), अंकितकुमार यादव (९५०), गणेश धिमाल (८६३) र दिलपाल शाह (८५१) ले पनि उल्लेख्य मत प्राप्त गरेका छन्।

बागमती प्रदेशमा प्रभा ढकाल सर्वाधिक १ हजार ५१३ मतसहित अगाडि रहेकी छन्। विदुषी राणाले १ हजार ३१० मत प्राप्त गरेकी छन् भने आकांक्षा पोखरेल (८५०), अनिता श्रेष्ठ (८०२), पार्वती थापा (७४९) र जगदीशचन्द्र शर्मा (७४०) शीर्ष मत प्राप्त गर्ने उम्मेदवारमा परेका छन्।

गण्डकी प्रदेशमा पवित्रा थापाले १ हजार ४२ मत प्राप्त गर्दै पहिलो स्थान बनाएकी छन्। मनिष खनालले १ हजार १२ मत प्राप्त गरेका छन् भने सोम शर्मा (९५५), पूजा बास्तोला (८९३), पार्वती अधिकारी (८१५) र विष्णुकुमारी गुरुङ (७७४) क्रमशः अगाडि देखिएका छन्।

लुम्बिनी प्रदेशमा कल्पना पाण्डेले १ हजार १०७ मत ल्याउँदै सर्वाधिक मत प्राप्त गरेकी छन्। संगीता ढकालले १ हजार ९२ मत प्राप्त गरेकी छन् भने ज्ञानु पौडेल (८९७), देवराज पाठक (८२०) र शर्मिला खनाल (६६४) शीर्ष स्थानमा रहेका छन्।

कर्णाली प्रदेशमा सीता वादीले १ हजार ७५१ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएकी छन्। विनिता कठायतले १ हजार ५०० मत प्राप्त गरेकी छन् भने टासी ल्हाजोमले १ हजार १३५ मत ल्याएकी छन्। मेनुका शाही (७९८), गोमा थापा (६१६), प्रकाश न्यौपाने (६१२) र अनिल बनियाँ (६०३) ले पनि राम्रो मत प्राप्त गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा केपी खनालले १ हजार ८४० मत प्राप्त गरेका छन्। तर सोही प्रदेशका हेमराज थापाले २ हजार ३० मत प्राप्त गर्दै प्रदेशकै मात्र होइन, हालसम्म सार्वजनिक मतपरिणाममध्ये सर्वाधिक मत ल्याउने उम्मेदवार बनेका छन्। दीपकराज मोहराले १ हजार ४५०, जानकी जोशीले १ हजार १४८, चन्द्रा ए. चाँदनीले १ हजार १२६ तथा रत्न थापाले ९६१ मत प्राप्त गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्यका ९९ पदका लागि निर्वाचन भएको हो। निर्वाचन आयोगका अनुसार देशभित्रका प्रतिनिधिको मतदान सम्पन्न भइसकेको छ भने प्रवासबाट प्राप्त मत समावेश गरी अन्तिम नतिजा सार्वजनिक गरिनेछ। त्यसपछि पार्टीको नयाँ केन्द्रीय समितिले पदाधिकारी चयन प्रक्रिया अघि बढाउनेछ।

चितवनमा जारी महाधिवेशनले रास्वपाको आगामी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

बिहिबार, असार ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान
‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य
विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • २.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ३.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ४.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ५.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ६.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ७.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ८.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.