• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ९. दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • १०. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

पोखरीको डिलमा मुसहर समुदायको कष्टकर जीवन

  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित

लहान नगरपालिका–१ र २ मा पोखरी तथा नहरको डिलमा बस्दै आएका मुसहर समुदायको जनजीवन कष्टकर बन्दै गएको छ। सुकुमवासी अवस्थामा रहेका उनीहरूको सुरक्षित बसोवासको व्यवस्था हुन नसक्दा वर्षायाममा थप जोखिम बढेको छ।

लहान नगरपालिका–१, मटियर्वास्थित पोखरीको डिलमा बस्दै आएका दिलिप सदायको घरअगाडिको आँगनमा पोखरीको पानी जमेको छ। पछाडिपट्टि सडक किनारमा निर्माण गरिएको नालाको निकास नहुँदा नालाको पानीले फुसको घरको बाँसको टाटीसमेत भत्काएको छ। पोखरीको डिलमा रहेका पाँच घरपरिवार वर्षा सुरु भएसँगै जोखिममा परेका छन्।

लहान नगरपालिका–१ र २ को सीमाना भएर बग्ने भवरा नहरको दुवै किनारमा बसोवास गर्दै आएका सयौँ सुकुमवासी मुसहर समुदायका लागि वर्षा त्रासको समय बन्ने गरेको छ।

“आकाशमा बादल देखिनासाथ डर लाग्छ। अहिले धान रोपाइँको समयमा कृषि मजदुरीमा जानुपर्ने भए पनि दिनभर बालबालिका पोखरी र नहरमा डुब्ने हुन् कि भन्ने डरले घरमै बस्नुपरेको छ। काम नगरे के खाने भन्ने अर्को समस्या छ,” भवरा नहर किनारमा बस्दै आउनुभएका गेना सदायले पीडा सुनाउनुभयो।

सिराहा जिल्लाका १७ वटै स्थानीय तहमा रहेका मुसहर समुदाय अति विपन्न र सुकुम्वासी अवस्थामा रहेका छन्। यस समुदायका लागि सुरक्षित शौचालय, खानेपानीसहित व्यवस्थित बस्ती निर्माण आवश्यक भए पनि स्थानीय र प्रदेश सरकारले पर्याप्त ध्यान नदिएको मानव अधिकारकर्मी राजकुमार राउतले बताउनुभयो।

“संविधानले आवास, खानेपानी, शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा व्यवस्था गरे पनि यसको कार्यान्वयनमा तीनै तहका सरकार जिम्मेवार बन्न सकेका छैनन्,” उहाँले भन्नुभयो।

लहान नगरपालिका २०७४ सालमै खुला दिसामुक्त नगरपालिका घोषणा भए पनि अहिले चार हजार २०१ घरमा शौचालय नभएको र शौचालय निर्माण अभियान सञ्चालन भइरहेको विकन परियोजनाका संयोजक राजेश लोहनीले बताउनुभयो।
अधिकांश मुसहर बस्तीमा शौचालय नहुनुको मुख्य कारण थोरै जग्गामा अव्यवस्थित रूपमा बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ।

यता लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले मुसहर समुदायका बस्तीमा सुरक्षित आवास कार्यक्रम अन्तर्गत हालसम्म दुई सयभन्दा बढी शौचालयसहितका सुरक्षित आवास निर्माण सम्पन्न भएको बताउनुभयो।

“लहान नगरपालिका–१, २, १९, २०, २१, २२, २३ र २४ नम्बर वडामा रहेका समस्या समाधानका लागि काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो।

सोमबार, असार २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने
‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • २.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ३.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ४.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ५.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ६.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ७.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • ८.
    फागुन २१ देखि प्रदर्शनमा आउने ‘शुभ विवाह’को धमाधम डबिङ

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.