काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन भएको छ।
उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो। उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीका अनुसार उपचारकै क्रममा यादवको मृत्यु भएको हो।
गम्भीर अवस्थामा रहेका यादवलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। साँझ करिब ७ः३० बजे उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो। तर, चिकित्सकहरूको प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ।
तपाईको प्रतिक्रिया


