• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ८. एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ९. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • १०. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य

  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित

काठमाडौं । भोटेकोशी बाढी विपद्को १२औँ दिन पनि खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ। बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै रसुवा, नुवाकोट, धादिङलगायत नदीको बहाव क्षेत्रका जिल्लामा घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ।

नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै साधन र स्रोत परिचालन गरिएको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित प्रदेश तथा स्थानीय तह र अन्य सम्बन्धित निकायहरू पनि प्रभावित क्षेत्रमा परिचालित छन्।

परराष्ट्र मन्त्रालयका अनुसार खोज, उद्धार तथा राहत कार्यका लागि नेपालले छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर समन्वय गरिरहेको छ। भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी खोज तथा उद्धार कार्य गरिरहेका छन्।

यस्तै, विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ड्रोन, लोड क्यारियर, उद्धार उपकरणलगायत सामग्री प्रभावित क्षेत्रमा प्रयोग भइरहेका छन्। मन्त्रालयका अनुसार अनुरोध गरिएका विशिष्टताअनुसार नौ वटा उच्च क्षमताका ड्रोनसहित ११ सदस्यीय विशेष मलेसियाली विपद् सहायता तथा उद्धार टोली शनिबार नेपाल आइपुगेको छ।

हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक रहेको मन्त्रालयले जनाएको छ। अझै करिब एक हजार जना बेपत्ता रहेको अनुमान गरिएको छ, जसमा ३५ देशका करिब ६०० जना विदेशी नागरिक रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ३४१ वटा शव फेला परेको छ। प्रभावित क्षेत्रमा सडक, विद्युत् तथा दूरसञ्चार सेवा पुनःस्थापना गर्न तथा राहत सामग्री प्रभावित जनतासम्म पुर्‍याउन सम्बन्धित निकायहरू सक्रिय छन्।

नेपाली सेना तथा इन्जिनियरको टोलीले तादी नदीमाथि अस्थायी पुल निर्माण गरी गल्छी–त्रिशूली सडक पुनःस्थापना गर्ने काम गरिरहेको छ। यसैगरी त्रिशूली–इन्द्रेणीघाट र देवीघाटमा एक–एक गरी दुई वटा तुइन सञ्चालनमा ल्याइएको छ।

द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए) को प्रारम्भिक विवरणअनुसार करिब ७ हजार ५७० घरधुरीका ३२ हजार ९३३ जना प्रभावित भएका छन्। बाढीबाट ४८ सरकारी कार्यालय, ५५ किलोमिटर सडक, ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।

त्यस्तै, करिब १ हजार ८०६ हेक्टर कृषि भूमि, १३ वटा जलविद्युत् आयोजना, एउटा सौर्य ऊर्जा प्लान्ट र दुई वटा प्रसारण लाइनमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। विपद्का कारण ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको प्रारम्भिक मूल्याङ्कन छ।

विपद्बाट भएको समग्र क्षति तथा नोक्सानीको विस्तृत मूल्याङ्कन र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक लागत निर्धारण गर्न विपद्पश्चात् आवश्यकता मूल्याङ्कन (पिडिएनए) पनि सञ्चालन भइरहेको छ।

यसैबीच, आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरेपछि फेला परेका शवको अस्थायी व्यवस्थापन सुरु गरिएको छ। पछि पहिचान खुलेपछि मृतकका परिवारलाई अन्तिम संस्कारका लागि शव हस्तान्तरण गर्न सहज हुने मन्त्रालयले जनाएको छ।

बेपत्ता व्यक्तिका नजिकका परिवारजनलाई काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा आफू नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा रहेका परिवारजनले सम्बन्धित देशमा डीएनए नमुना सङ्कलन गरी रिपोर्ट नेपाल पठाउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

भारत, चीन, जापान, सिङ्गापुर तथा गणतन्त्र कोरियाका फरेन्सिक टोलीले नेपाल प्रहरी र सम्बन्धित निकायसँग समन्वय गरी डीएनए सङ्कलन, विश्लेषण तथा मृतकको पहिचानसम्बन्धी कामलाई तीव्रता दिएका छन्।

परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगका प्रतिनिधि तथा स्वदेशी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि नियमित ब्रिफिङमार्फत खोज, उद्धार, राहत तथा विदेशी सहयोगबारे जानकारी दिँदै आएको छ।

मन्त्रालयका अनुसार हालसम्म मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट राहत सामग्री र उद्धार टोली लिएर आएका २६ वटा उडानको अनुमति तथा सहजीकरण गरिएको छ।

बाढीका कारण प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन परराष्ट्र मन्त्रालय र चीनस्थित नेपाली नियोगले चिनियाँ अधिकारीसँग समन्वय गरिरहेका छन्। शनिबारसम्म तातोपानी नाका हुँदै ४३१ जना नेपाली नागरिक नेपाल फर्किएका छन्। आज थप १०५ जना नेपाली नागरिक सोही नाकाबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

विदेशी नागरिकको खोज तथा उद्धारमा समन्वय र सहयोग गर्न उपशिष्टाचार प्रमुख प्रेमराज गौतमलाई प्रभावित क्षेत्रमा रहेको अपरेसन सेन्टरमा परिचालन गरिएको छ।

आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा
‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
सकियो अर्णव चक्रवातको असर
एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित
आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

भर्खरै

  • १.
    सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा

  • २.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ३.
    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

  • ४.
    सकियो अर्णव चक्रवातको असर

  • ५.
    एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

  • ६.
    आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

  • ७.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ८.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.