• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ८. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • ९. एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • १०. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

भोटेकोशीको पीडामा आज राष्ट्रिय शोक

  •   सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

काठमाडौँ, भदौ २२ गते । आज राष्ट्र शोकमा छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले गुमेका ती जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीडा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौँ आँखाको प्रतीक्षामा देश शोकमग्न  छ ।

भोटेकोशीको बाढीले छोडेको पीडा तत्काल मेटिने छैन । हजारौँ परिवार अझै आफन्तको खोजीमा छन्, सयौँ परिवार घरबारविहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ । राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपत्ले भत्काएको जीवन पुनर्निर्माण गर्ने राष्ट्रिय सङ्कल्पको दिनसमेत हो ।

यही विनाशकारी घटनाको १३ औँ दिनमा सरकारले सोमबार राष्ट्रिय शोक मनाउँदै छ । मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राष्ट्रिय शोकमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने बताउनुभयो ।

भोटेकोशी बाढीले दिएको घाउ यति गहिरो छ कि आज पनि कैयौँ परिवार आफन्तको शव पर्खिरहेका छन्, कतै बेपत्ता आफन्त जीवितै फर्किने आशामा खोजीको प्रतीक्षा गरिरहेका छन् । कतै घरबास गुमाएका परिवार अस्थायी आश्रयमा दिन बिताइरहेका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ तर करिब चार हजार १९६ जना अझै सम्पर्कविहीन छन् । बाढीमा एक हजार ३४२ जनाको मानवीय क्षति भएको विवरण प्राप्त भएको छ । सनाखत भई परिवारले बुझेका शवको सङ्ख्या ९८ रहेको छ ।

सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा कर्मचारी र विदेशी नागरिकसमेत छन् । रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार करिब एक हजार ८५७ नेपाली नागरिक तथा नुवाकोटबाट प्राप्त विवरण अनुसार करिब दुई हजार ३४० नेपाली नागरिक सम्पर्कविहीन छन् ।  सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५९९ जना सम्पर्कविहीन रहेको विवरण छ ।

आफन्तको खोजीमा राज्य

विपत्को पहिलो घडीदेखि नै राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र खोज तथा उद्धारमा परिचालित छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौँ जनशक्ति कठिन भूगोल, अवरुद्ध सडक र जोखिमपूर्ण नदीको प्रवाहबिच निरन्तर उद्धारमा खटिएका छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालित छन् । नेपाली सेनाले हवाई साधनमार्फत एक हजार ४५ पटक तथा निजी क्षेत्रका हवाई साधनले १२९ पटक उडान गरी खोज, उद्धार तथा राहतलाई तीव्रता दिएका छन् ।

बाढीमा आफैँ सहकर्मी गुमाएका सुरक्षाकर्मीसमेत आफ्ना पीडा थाँती राखेर उद्धारमा खटिएका छन् । भोटेकोशीको बाढीमा ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन छन् । आफ्नै सहकर्मीको अवस्था अज्ञात हुँदाहुँदै पनि सुरक्षाकर्मी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी र पीडितको उद्धारमा निरन्तर सक्रिय छन् । नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा फरवार्ड हेडक्वार्टर, इमर्जेन्सी मेडिकल रेस्क्यु टिम र मुख्य फरवार्ड एयर बेस स्थापना गरी उद्धार सञ्चालन गरेको छ । रसुवाको धुन्चेमा पनि ट्याक्टिकल हेडक्वार्टर, फरवार्ड मेडिकल टिम र अतिरिक्त एयर बेस सञ्चालनमा छन् ।

उद्धारसँगै उपचार र आश्रय

बाढीपछि घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने कामसमेत तीव्र पारिएको छ । हालसम्म छ हजार ७३ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । विभिन्न अस्पतालमा ३२३ जना उपचाररत छन् । नेपाली सेनाले तीन हजार २८८ र सशस्त्र प्रहरीले दुई हजार ४६२ जनालाई उपचार सेवा दिएको छ ।

उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ । हाल तीन हजार ९१२ जना होल्डिङ सेन्टरमा रहेका छन् । उनीहरूका लागि खाद्यान्न, जेनेरेटर, हाइजेनिक किट, विद्यार्थी किटलगायतका राहत सामग्री उपलब्ध गराइएको छ । प्रभावित नागरिकमा परेको मानसिक आघात कम गर्न मनोसामाजिक परामर्शसमेत सञ्चालन भइरहेको छ ।

पुनर्स्थापनाको कठिन चुनौती 

उद्धार र राहतको तत्कालीन चरणसँगै अब राज्यसामु पुनर्स्थापना र पुनर्निर्माणको कठिन जिम्मेवारी थपिएको छ । बाढीले सडक, पुल, बस्ती, विद्युत् र जलविद्युत् संरचनामा ठुलो क्षति पुर्‍याएको छ ।

विद्युत् आपूर्ति भने क्रमशः पुनर्स्थापित हुँदै छ । रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ तर क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण, विस्थापित परिवारको सुरक्षित पुनर्वास, जीविकोपार्जनको पुनर्स्थापना तथा ध्वस्त संरचनाको निर्माण तत्कालको चुनौती बनेको छ ।

प्राधिकरणका प्रवक्ता महतले उद्धारसँगै अब सुरक्षित आवास, जीविकोपार्जनसहितको पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा राज्यको ध्यान केन्द्रित हुने बताउनुभयो ।

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा
‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
सकियो अर्णव चक्रवातको असर
एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित
आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

भर्खरै

  • १.
    सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा

  • २.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ३.
    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

  • ४.
    सकियो अर्णव चक्रवातको असर

  • ५.
    एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

  • ६.
    आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

  • ७.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ८.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.