काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम रोयल्स पहिलो जितको खोजीमा मैदान उत्रिनेछ। सुदूरपश्चिमले यसअघि आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजय बेहोरेको थियो।
अर्कोतर्फ, पोखरा एभेन्जर्सले यस सिजनको पहिलो खेल खेल्दैछ। पोखरा जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा हुनेछ।
यसअघि सम्पन्न खेलहरूमा लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले आ–आफ्नो पहिलो खेल जित्दै प्रतियोगितामा सुखद सुरुआत गरिसकेका छन्।
आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने प्रयासमा रहनेछन्।
तपाईको प्रतिक्रिया


