मंसिर ४ ,नवलपरासी । नवलपरासी (पूर्व) देवचुली नगरपालिका–४ मा रहेको शान्ति सिर्जना मतदान स्थलमा मतपेटिकामा आगलागि भएको छ । प्रदेसतर्फको समानुपातिक मत पेटिकामा आगजनी भएको जिल्ला निवार्चन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालले बताए ।
देवचुली ४ निवासी नारायण भण्डारीले ३ वटा मत हालिसकेपछि चौँथो अर्थात् अन्तिम मत हाल्ने बेलामा मत पेटिकामा एसिड हालेका थिए । उनलाई नियन्त्रणमा लिइएको र मतदान प्रक्रिया के गर्ने भन्ने विषयमा निर्वाचन आयोगमा जानकारी गराईएको भुसालले बताए ।
मतपेटिकामा आगजनी गरेपछि उनी भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेर प्रहरीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
तपाईको प्रतिक्रिया


