मंसिर ७ , काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन्। चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकाललाई २५५३४ मतले पराजित गरेका हुन्।
निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार यहाँ सुई चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३०४२ मत ल्याएका छन्।
उनले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यति मत ल्याउलान् भन्ने धेरैले आश गरेका थिएनन्। उनी देउवाभन्दा १२ हजार ४ सय ९२ मतले पछाडि छन्।
तपाईको प्रतिक्रिया


