पुस २५ , पोखरा । एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको दाबी गरेका थिए ।
अधिकारीले आजै मुख्यमन्त्री पदकाे सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई माओवादी केन्द्र,राप्रपा र नेकपा एसमा प्रवेश गरेका स्वतन्त्र सांसद दिपक मनाङेले समेत समर्थन जनाएका छन् ।अधिकारीलाई एमालेका २२,माओवादीका ८,राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया


