माघ १२ ,काठमाडाैं । छिमेकी मुलुक भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी सुरु भएको छ ।राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डको भ्रमणमा जाने गरी तयारी भइरहेकाे छ ।
कूटनीति स्राेतका अनुसार भ्रमण गराउने गरी दुवै देश नेपाल र भारतको कूटनीतिक तहमा छलफल सुरु भएको छ ।कूटनीति स्राेतले भन्याे, फागुन तेस्रो साता राष्ट्रपतिको निर्वाचन भएलगत्तै फागुन अन्तिम सातादेखि चैत पहिलो साताबीच प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने तयारी छ।’
भ्रमणको निमन्त्रणा लिएर भारतीय विदेशसचिव विनयमोहन क्वात्रा केही दिनमै नेपाल भ्रमणमा आउने स्राेतकाे भनाइ छ ।केही समयअघि प्रधानमन्त्री प्रचण्डले एउटा भारतीय टेलिभिजनमा र बालुवाटारमा सम्पादकहरूसँगको भेटमा पहिलो विदेश भ्रमण भारतमा हुने बताएका थिए ।
साेही समयमा प्रचण्डले दिल्लीस्थित नेपाली दूतावासले भ्रमणको तयारीमा काम गरिरहेको बताएका थिए ।


