• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

२६ मुलुकमा टिकटक चलाउन प्रतिबन्ध, कुन मुलुकमा कहिले बन्द ?

  •   सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित

काठमाण्डौं, कार्तिक २७
सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेसँगै राजनीतिक नेतृत्वदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले यसको विरोध जनाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरे लगत्तै सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमार्फत विभिन्न राजनीतिक दलका पदाधिकारी तथा नेतासँगै कलाकार, सामाजिक अभियन्ताले पनि टिकटकलाई नियमन गर्नुको सट्टा बन्द नै गर्ने निर्णय गलत भएको भन्दै यसमा पुर्नविचार गर्नुपर्नेमा जोड दिएका छन् ।
तर, सरकारका प्रवक्तासमेत रहनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सद्भाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोगकर्तालाई लामो समयदेखि सरकारले सहि सदुपयोग गर्न अनुरोध गर्दा पनि नमानेका कारण सरकार बन्द गर्ने निर्णयमा पुगेको बताउनु भयो ।
‘अन्य सामाजिक सञ्जालमा विषयवस्तु प्रयोगकर्ताले गलत प्रस्तुती वा कार्य गरेमा त्यसलाई नियमन या स्व नियमन गर्नसक्ने प्रावधान छन् । तर टिकटकमा सजिलै फेक आइडी खोल्न सकिने, फेक फिल्टर, गुनासो सुनुवाईको व्यवस्था नहुनु आदिले गर्दा नियमन गर्न सहज छैन । त्यसैले सरकारले बारम्बार प्रयोगकर्तालाई सभ्य बन्न आग्रह गर्दा र टिकटकका प्रतिनिधिलाई पनि बोलाएर छलफल गरे पनि टिकटक झनै छाडा हुन थालेपछि बन्द गर्नुबाहेक अरू विकल्प थिएन त्यसैले गर्नुपरेको हो, मन्त्री शर्माले भन्नुभयो ।’

टिकटकमा प्रतिबन्ध लगाउने देशको संख्या हालसम्म २६ वटा रहेका छन् । यदि नेपाल सरकारको निर्णय कार्यान्वयन भएमा यो संख्या २७ हुनेछ । टिकटक चिनियाँ टेक्नोलोजी कम्पनी बाइट डान्सले चलाउँदै आएको छ । यो एपले चिनियाँ सरकारलाई डाटा दिने आरोप पनि लाग्ने गरेको छ । कम्पनीले भने सरकारलाई कुनै खालको डाटा नदिने बताउँदै आएको छ ।

कुन देशमा कहिलेदेखि टिकटक बन्द भयो ?

बेलायत – सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२३
अमेरिका – सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२२
न्यूजिल्यान्ड – सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसंग आवद्वता प्रतिबन्ध सन् २०२३
क्यानडा – गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२३
ताइवान – राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२२
बेल्जियम – गोपनियता, साइवर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउँदै सन् २०२३
डेनमार्क – साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध सन् २०२३
पाकिस्तान – जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउँदै सन् २०२०
अफगानस्तान – युवामा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून विपरित देखाउदै सन् २०२२ मा टिकटक र पव्जी
भारत – गोपनियता, सुरक्षा जोखिम र टिकटकको जोखिम देखाउँदै टिकटक लगायत चीनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध सन् २०२०
सोमालिया – गलत अफवाह फैलाउने जोखिम देखाउँदै सीमित कन्टेन्ट पोस्टबाहेक अन्य प्रतिबन्ध सन् २०२३
अर्मेनिया – विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२०
अजरवैजान – नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२०
बंगलादेश – पोर्नोग्राफी, जुवाखेल र सुरक्षाको जोखिम देखाउँदै सन् २०१८ र पब्जी फ्रि फायर सन् २०२१

इन्डोनेसिया – धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउँदै सन् २०१८
ईरान – धार्मिक कारण देखाउँदै सन् २०२३
जोर्डन – प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउँदै अस्थायी रूपमा प्रतिबन्ध सन् २०२२
अष्ट्रिया – सुरक्षा जोखिम देखाउँदै सन् २०२३
ईस्टोनिया – राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै सन् २०२३
फ्रान्स – डाटा सुरक्षाको जोखिम देखाउदै टिकटक, ट्विटर, इन्स्टाग्राम, नेटफ्लिक्स, क्यान्डीक्रस लगायतका एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाईने सन् २०२३
आयरल्यान्ड – साईवर सुरक्षा जोखिम देखाउँदै सन् २०२३
लाटभिया – सुरक्षा जोखिम देखाउँदै सन् २०२३
माल्टा – साईवर सुरक्षा जोखिम देखाउँदै सरकारी प्रणालीमा प्रयोग पूर्ण प्रतिबन्ध सन् २०२३
नेदरल्यान्ड – डाटा सुरक्षा जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिबन्ध सन् २०२२
नर्वे – राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रधानमन्त्री, मन्त्री, सचिव, राजनितिक सल्लाहकारले प्रयोगमा प्रतिबन्ध सन् २०२३
अष्ट्रेलिया – सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री, सल्लाहकारले सरकारी डिभाईस र मोबाइलमा प्रयोगमा प्रतिबन्ध सन् २०२३

सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने
‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए
कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित
चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • २.
    ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • ३.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ४.
    चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • ५.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७.
    एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ८.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.