काठमाण्डौं, कात्तिक २८
नेपालको तयारी बिना नै कोरला नाका सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा कोरला (नेचुङ—लिजी) नाका खोल्ने सहमति अनुसार सोमबार एक समारोहबीच यो नाका सञ्चालनमा ल्याइएको हो ।

नाका खोल्ने भएपछि चीनतर्फबाट ठूला ठूला ट्रकमा नाकामा सामान ल्याइएको छ भने नेपालतर्फ सुनसान रहे पनि चीनतर्फ भव्य शहरै बनिसकेको छ ।
ठूला ठूला व्यापारिक मल पनि बनिसकेका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार चीनतर्फ बन्दरगाहका लागि आवश्यक सबै संरचना बनिसकेका छन् । ५ सयभन्दा धेरै घरहरु निर्माण भएका छन् ।

कार्यक्रमका लागि पनि नेपालतर्फबाट अध्यागमनको सबै प्रक्रिया पूरा गरेर उनीहरुले बनाएको संरचनामा रिबन काटेर नाका सञ्चालन गरिएको अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया


