• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

कुसुन्डा भाषा संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ : मन्त्री शर्मा

  •   शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित

दाङ , मंसिर ८
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपोन्मुख कुसुन्डा जातिको भाषा तथा संस्कृतिको संरक्षण, उजागर एवं विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अनुसन्धानकर्ता उदयराज आलेद्वारा तयार गरिएको वृत्त चित्रको आज विमोचन गर्दै सरकारका प्रवक्ता एवं मन्त्री शर्माले कुसुन्डा भाषाको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको हातेमालाबाट संरक्षणमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री शर्माले लोप हुन लागेका भाषा संरक्षण गरेर पछिल्लो पुस्तामा हस्तान्तरण गर्न सहयोग गरेको भन्दै अनुसन्धानकर्ता उदय आलेलाई धन्यवाद दिनुभयो । “भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गरेमात्र यो जीवित रहन्छ,” उहाँले भन्नुभयो ।

लोपोन्मुख कुसुन्डा भाषा संरक्षणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले कुसुन्डा भाषाको पूर्ण वक्ता ज्ञानीमायाको मृत्युपश्चात् अर्का पूर्ण वक्ता कमला सेन खत्रीले भाषालाई बचाइराखेको कारणले गर्दा भाषा जीवित रहेको र यो भाषालाई संरक्षण गर्न पछिल्लो पुस्ता तयार भएको देख्दा खुसी लागेको बताउनुभयो ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लोप हुन लागेको भाषा संरक्षणमा लागेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले लोप हुन लागेका भाषा संस्कृति संरक्षणका लागि स्थानीय तहले सहयोग प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुसुन्डा भाषाको अनुसन्धानकर्ता उदयराज आलेले २०७८ को जनगणनामा दुई सय ५३ उल्लेख गरिए पनि नेपालभरमा वास्तविक सङ्ख्या एक सय ६२ जना रहेको बताउनुभयो । कुसुन्डा भाषाको महत्त्व बुझाउन जरुरी रहेको बताउनुभयो । अन्य भाषामा बाबुआमाले छोराछोरीलाई सिकाउने प्रचलन रहेको छ भने कुसुन्डाको बच्चाले आफ्नो भाषा सिकेर बाबुआमा वा घरपरिवारलाई सिकाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

नेपाल सरकारको सहयोग चार चरणमा कुसुन्डा भाषाको दाङको घोराही उपमहानगरपालिका–५ को महेन्द्र मावि धर्नामा कक्षा सञ्चालन गरेर कुसुन्डा समुदाय र गैर कुसुन्डाले पढ्न र लेख्न र बोल्न सक्ने भएका छन् ।

अनुसन्धानकर्ता उदयराज आलेले भाषा संरक्षणका लागि चारवटा पाठ्य पुस्तक तयार गर्नुभएको छ । कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले भाषा संरक्षणका लागि नेपाल सरकारले सहयोग गरेकाले पछिल्लो पुस्ताले पढ्ने सक्ने भएको बताउनुभयो । उहाँले कुसुन्डा भाषाका नागरिक छरिएरभन्दा एकै स्थान बसोबास गर्ने वातावरण भयो भने अझ राम्रो हुने बताउनुभयो ।

अनुसन्धानकर्ता आलेले पाँच वर्ष लगाएर तयार पार्नुभएको कुसुन्डा समुदायको वेशभूषा, भाषा, संस्कार, संस्कृति र रहनसहन समेटिएको १९ मिनेटको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने
मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध
फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
मलेसियामा श्रम समस्या समाधान गर्न कूटनीतिक पहल
आज कार्तिक ११ गते बुधबारको तपाइको राशिफल
‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

Namaste Chitwan

लोकप्रिय

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने

  • २.
    मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

  • ३.
    फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

  • ४.
    मलेसियामा श्रम समस्या समाधान गर्न कूटनीतिक पहल

  • ५.
    आज कार्तिक ११ गते बुधबारको तपाइको राशिफल

  • ६.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ७.
    ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • ८.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.