काठमाडौँ , मंसिर १५
नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालत पटनले मिश्रित आदेश दिएको छ ।केही प्रतिवादीका सम्बन्धमा जिल्लाकै आदेश सदर गरिदिएको छ भने केही प्रतिवादीहरुलाई साधरण तारिख र धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।
पूर्व उपप्रधानमन्त्री एवम टोप बहादुर रायमाझीका सम्बन्धमा जिल्ला अदालतकै आदेश सदर गरिरहँदा पूर्व गृहमन्त्री बालकृष्ण खाँडका सम्बन्धमा भने न्यायधीशहरुको राय बाझिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको हो ।
संयुक्त इजालासमा राय बाझिएसँगै बालकृष्ण खाँणको हकमा तेस्रो न्यायाधीशको समेतको इजलासमा सुनुवाइ हुनेछ । त्यतिबेलासम्म खाँण थुनामै रहनेछन ।
को को थुनामै रहे?
टोप बहादुर रायमाझी
बालकृष्ण खाँण ( राय बाझिएकोले थुनामै रहने)
टेक नारायण पाण्डे
इन्द्रजीत राई
केशब प्रसाद दुलाल
सानु भण्डारी
सागर राई
गोविन्द कुमार चौधरी
सन्देश शर्मा
आङ्टावा शेपा



