निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताउनु भएको छ ।
बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफूमाथि कुनै पनि दाग नलागेको बताउनु भयो । उहाँले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताउनु भयो।
उहाँले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको जानकारी गराउनु भयो। प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरुको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको बताउनु भयो।
तपाईको प्रतिक्रिया


