मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।
केन्द्रमा समीकरण फेरबदल भएर कांग्रेस सरकारबाट बाहिरिइसक्दा पनि मधेश प्रदेश सरकारबाट बाहिरिने छनक नदेखाएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।
केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि मुख्यमन्त्री यादवले केन्द्रीय समीकरण अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।
प्रदेश सरकार १/२ दिनमा पुनर्गठन गर्न लागिएको छ। केन्द्रको राजनीतिक समीकरण अनुसार नयाँ मन्त्रीमण्डल विस्तार गर्ने सत्तारुढ दलहरूबिच सहमति भएको छ । सोही बमोजिम प्रदेश सरकारले २ दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन तयारी गरेको छ ।
‘अब हुने मन्त्रिपरिषद् पुनर्गठनसँगै कांग्रेस बाहिरिन्छ, उसको ठाउँमा एमाले प्रवेश गर्छ। मुख्यमन्त्रीले १/२ दिनमै प्रदेश सरकारलाई पुनर्गठनको पत्र लेख्ने तयारी गरिरहेका छन् । नयाँ समीकरण अनुसार मधेश प्रदेश सरकारलाई एमालेका २३, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ जनासहित ५८ जना प्रदेश सांसदहरूको समर्थन रहनेछ । सरकार निर्माण गर्न ५४ जना सांसदको समर्थन चाहिन्छ ।
मधेश प्रदेशमा सभामुखसहित १०७ जना सांसद छन् । प्रदेश सदनमा कांग्रेसका २२, जनमतका १३, लोसपाको ८, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीको एकरएक प्रदेश सांसद छन् भने एक स्वतन्त्र सांसद छन् ।


